9 years ago
February 24, 2017
दिपक न्यौपाने
बुटवल (हाम्रो खेलुकद) – त्रिभुवन आर्मी क्लबले १९ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । एकतर्फी खेलमा शुक्रबार भारतको युनाइटेड सिक्किमलाई ८–० ले हराउँदै आर्मी अन्तिम आठमा पुगेको हो ।

पहिलो हाफमा २ गोल गरेको आर्मीले दोस्रो हाफमा आधा दर्जन गोल थपेको थियो । आर्मीका अमृत बस्नेतले चार गोल गरे भने दीप लामा, विवेक बस्नेत, टंक बस्नेत, सन्तोष तामाङले समान १ गोल गरे । अमृतले दोस्रो हाफमा चार गोल गरेका थिए । आर्मीले क्वार्टरफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्दैछ । पुलिसले शनिबार धरानमा १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा सिएमजी क्लब संकटाको सामना गर्नेछ ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा विवेकको गोलबाट आर्मीले ११ औं मिनेटमा अग्रता लिएको थियो । टंकले २२ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारे । सन्तोषले ५२ औं मिनेटमा गोल गरे भने अमृतले ६१ औं मिनेटमा टोलीका लागि चौथो गोल गरे ।
त्यस्तै अमृतले ६९ औं र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ९० औं मिनेटमा अमृतले अर्को गोल थपे । दीपले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए । अमृत खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

तिलोत्तममाको बिहीबार भएको उद्घाटन खेलमा एपिएफले भारत कालिङपोङको सेरे एफसीलाई १–० ले हराएको थियो । मोसफलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमाको विजेताले टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
तिलोत्तमा गोल्डकपमा शनिबारको खेल
हिमालयन शेर्पाविरुद्ध रमपम झापा ११
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]