9 years ago
February 24, 2017
चितगोङ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल पुग्न लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ।

आयोजक चितोगोङ अबहानीसँग २–० को अग्रता जोगाउन नसकी २–२ को बराबरी खेलेपछि मनाङले अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको हो । अन्तिम खेलमा बंगलादेशको मोहमोडन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन अस्मायीलाई हराएमा हेड टु हेडका आधारमा मनाङ अन्तिम चारमा पुग्नेछ । मनाङले मोहमडनलाई पहिलो खेलमा २–० ले हराएको थियो । त्यो खेल बराबरीमा रोकिए वा शाहिन जितेमा मनाङ बाहिरिनेछ । मनाङ दोस्रो खेलमा शाहिनसँग ३–१ ले पराजित भएको थियो ।
मनाङसँगको बराबरीपछि नै चितोगोङ ५ अंकसहित सेमिफाइनलमा पुगेको छ । आयोजक टोली समूहको विजेता वा उपविजेता भने अन्तिम खेलको नतिजा पछि मात्र टुंगिनेछ । २३ मिनेट भित्रै लिएको २–० को अग्रतालाई मनाङले जोगाउन सकेन । का लागि दुवै गोल ओलाडिपो ओलावाले आफिजले गरेका थिए । खेलको दोस्रो मिनेटमै उनले पहिलो गोल गर्दै मनाङलाई मजबुद अवस्थामा पुर्याएका थिए । विराज महर्जनको क्रसमा कप्तान अनिल गुरुङले हेडमार्फत पास दिएपछि आफिजले खाली पोस्टमा गोल गरे । २३ औं मिनेटमा उनले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै गोलअन्तर दोब्बर पारेका थिए । अबाहनीका लागि नसरुद्दिन चौधरीले ३२ औं मिनेटमा गोल फर्काएका थिए । आफिजले पहिलो हाफको अन्त्यतिर ह्याट्रिकको अवसर गुमाएका थिए । दोस्रो हाफमा चितोगोङले बराबरी गोल फर्काएको थियो । देवेन्द्र तामाङले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि चितोगोङले पेनाल्टी पाएको थियो । पेनाल्टीमा वाल्सनले चितगोङका लागि बराबरी गोल फर्काउँदै टोलीको अन्तिम चारको यात्रा पक्का गरेका थिए ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]