9 years ago
February 24, 2017
चितगोङ, फागुन १३ – ‘हेड टु हेड’ मा मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पार्दै लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लब दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ अन्र्तगत शुक्रबार समूह चरणको अन्तिम खेलमा बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन आस्मयीलाई २–१ ले पराजित गरेपछि मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो । मनाङसँगै समान चार अंक भएपनि ‘हेड टु हेड’ मा मोहमोदेन सेमिफाइनल पुग्न सकेन । मोहमोदेनका द्वादा सिसेले दुवै गोल गरे । ३३ औं र ६७ औं मिनेटमा गोल गरेका थिए । मनाङले मोहमोदेनलाई २–० ले पराजित गरेको थियो ।
यसअघि शुक्रबारै भएको पहिलो खेलमा मनाङ आयोजक चितगोङ अवहनी लिमिटेडसँग २–२ गोलको बराबरीमा रोकिएपछि मनाङ अर्काे खेलमा भर पर्नुपरेको थियो । मनाङ समूह ‘बी’ बाट उपविजेता तथा मनाङसँग बराबरी खेलेको चितगोङ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो ।
यसअघि मनाङ दुई गोलको अग्रता लिएर पनिसमूह चरणको अन्तिम खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग बराबरीमा रोकिएको छ । चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा मनाङ आयोजक चितगोङ अवहनी लिमेटेडसँग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा नै मनाङका ओलावाले ओलाडिपो अफिजले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए । विराज महर्जनको क्रसपासलाई अनिल गुरुङले मिलाईदिएको हेडपासलाई ओलावालेले खाली पोष्टमा गोल गरेका थिए । लगत्तै मनाङका गोलरक्षक दिनेश थापामगरले चितगोङका अगस्टिन वाल्सनको शक्तिशाली प्रहारलाई पञ्च गर्दै बराबरी टारेको थिए । १३ औं मिनेटमा साम्सोनले मनाङले अग्रता दोब्बर पार्ने मौका गुमायो । २३ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङको अग्रता २–० मा पु¥यायो । यसपटक ओलावालेले साम्सोनको पासलाई दुई डिफेन्डरलाई बिट गर्दै एकल प्रयासमा उत्कृष्ट गोल गरेका थिए । ३२ औं मिनेटमा गोलरक्षक दिनेश थापामगरको गल्तीको फाइदा उठाउदै चितगोङका नसिर उद्दिन चौधरीले गोल गरेपछि पहिलो हाफ २–१ म सकिएको थियो । पहिलो हाफको इन्जुरी समयमा अफिजले गोलको सुन्दर मौका गुमाएका थिए । ६२ औं मिनेटमा चितगोङले बराबरी गोल फर्कायो । मनाङका डिफेन्डर देवेन्द्र तामाङले डि–बक्समा ह्याण्ड गरेपछि चितगोङले पेनाल्टीको अवसर पाएको थियो । जसलाई अगस्टिन वाल्सनले गोल गरेपछि खेल २–२ को अवस्थामा पुग्यो । खेल बराबरीमा भएपछि दुवै टिमले गोल गर्ने सुन्दर मौका गुमाएको थियो । इन्जुरी समयमा कप्तान अनिल गुरुङको हेड क्रसबारमा लागेर फर्किएपछि मनाङ जितबाट वञ्चित भयो । बराबरीपछि आयोजक चितगोङ समुह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले रेफ्रीको गलत निर्णयले टिम बराबरीमा रोकिन पुगेको आक्रोस पोखे । ‘रेफ्रीले मनाङलाई हराउनकै लागि खेलाएको देखियो । देवेन्द्र तामाङको ह्याण्ड बल रेफ्रीको गलत निर्णय हो ।’ रेफ्रीमाथि आक्रोश पोख्दै प्रशिक्षक लोप्साङले भने, ‘२–० को अग्रता लिएर पनि खेलाडीहरुले सहज रुपमा खेल्दा गोल खान पुग्यो ।’ चितगोङका प्रशिक्षक सैफुल बारी टिटुले नतिजामै खुशी देखिए ।
समूह ‘ए’ बाट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङको टोली टीसी स्पोर्टस् क्लब समुह विजेता र दक्षिण कोरियाको पोइचेन सिटीजन एफसी समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
सेमिफाइनल खेल सोमबारबाट शुरु हुनेछ । अब मनाङले फाइनल प्रवेशका लागि सोमबार नेपाली गोलरक्षक किरण चेम्जोङ सम्मिलित टोलीसँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा मंगलबार समूह ‘बी’ को विजेता चितगोङले समूह ‘ए’ को उपविजेता दक्षिण कोरियाको पोइचेन सिटीजन एफसीसँग खेल्नेछ । फाइनल खेल मार्च ३ मा हुने आयोजकले शुक्रबार जानकारी गराएको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]