9 years ago
February 25, 2017
बुटबल (हाम्रो खेलुकद) – सहारा क्लबलाई १२ औं आहा रारा गोल्डकपको उपाधि दिलाएका प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा ए डिभिजन क्लब हिमालयन शेर्पाले १९ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता खेल्दैछ । हिमालयनले शनिबार पहिलो क्वार्टरफाइनलमा मोफसलको बलियो टोली रमपम झापा ११ को सामना गर्नेछ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

यसपटक पनि गत महिला आयोजक सहारालाई १५ औं आहा रारा गोल्डकपको फाइनल सम्म पुर्याएका किरणले हिमालयनलाई प्रशिक्षण दिन थालेको झन्डै दुई साता हुँदैछ । ‘उदयपुर गोल्डकपमा एउटा खेल हेर्न गएको थियो’ प्रशिक्षण श्रेष्ठले भने, ‘त्यसपछि प्रशिक्षण दिन थालेको छु । हिमालयन शेर्पा पनि राम्रो क्लबमा पर्दछ, यो मेरो लागि पनि मौका हो । उत्साहित पनि छु ।’
प्रशिक्षण जीवनमा लामो समय सहारामा आबद्ध रहेका श्रेष्ठको हिमालयन क्लब चौथो क्लब हो । सहारा बाहेक उनले बौद्ध फुटबल क्लबको नेतृत्व दुई सिजन सम्हाले भने गत बर्ष राष्ट्रिय लिगमा उनले सुदूरपश्चिमाञ्चललाई प्रशिक्षण दिएका थिए ।
ए डिभिजन लिग भएमा भने हिमालयनसँग केही बर्ष काम गर्ने सम्भावना रहेको श्रेष्ठले प्रष्ट पारे । ‘अहिले त मौखिक मात्रै सहमतिमा टोली हेरेको छु’ उनले थपे, ‘मुख्यतः लिग हुने भयो भने लामो समय हेरिन्छ । घरेलु फुटबल कसरी अघि बढ्छ , त्यसमै भर प्रर्दछ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवादपछि कारवाहीमा परेका कारण हिमालयन शेर्पा झन्डै दुई बर्ष घरेलु फुटबलबाट बाहिर रह्यो । कात्तिकमा एन्फा निर्वाचनयता प्रतिबन्ध फुकुवा भएपछि दुई महिनाअघि काँकरभिट्टा गोल्डकप खेल्दै हिमालयनले घरेलु फुटबलमा पुनरामगन गरेको थियो । त्यसयता लगातार नकआउट खेल्दै आएपनि हिमालयनको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन ।
राम्रो नतिजाका लागि सक्दो प्रयास गर्ने प्रशिक्षण श्रेष्ठले बताए । ‘नयाँ खेलाडी पनि झन् , हामी भविष्यलाई हेरेर टिम सेट पनि गर्दैछौं ’ उनले भन्े,‘झापा राम्रो टिम हो । त्यसैले खेल पक्कै सहज हुने छैन । ’ काँकरभिट्टा गोल्डकप जितेयता नियमित नकआउट खेल्दै आएको झापाले आफ्नै आयोजनामा भएको झापा गोल्डकपको फाइनल खेलेको थियो । जहाँ टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग पराजित भएको थियो ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित मोफसलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्थ्यो । गत बर्ष भने प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।
यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ । बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै एन्फा, राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । पहिलो दुई दिन विभागिय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब विजयी हुँदै क्वार्टरफाइनल पुगेका थिए ।

December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]