default_image

9 years ago

February 25, 2017

अस्ट्रेलियामा जगजितको क्लबको लगातार दोस्रो जित

130 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगगित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जज क्रस फुटबल क्लबले अष्ट्रेलिया भिक्टोरिया नेसनल प्रिमियर लिगमा लगातार दोस्रो खेल जितेको छ । जगजितले पहिलो गोल गरेको खेलमा सनसाइनले शनिबार बेनडिगोल सिटी एफसीलाई ३–० ले हराएको थियो ।

jaggu

जगजितले दोस्रो मिनेटमा गोल गरेका थिए । बाँकी दुई गोल यावियो टेड्रोसले गरेका थिए । टेड्रोसले ४४ औं र अर्को गोल ९० औं मिनेटमा गरेको थियो । तेस्रो गोलका लागि जगजितले नै पास दिएका थिए ।
लगातार दोस्रो खेलमा पहिलो रोजाइमा परेका जगजितले अघिल्लो साताको वेरिबी सिटीलाई २–१ को जितमा पनि एक गोल गरेका थिए ।
सिजनका सुरुआती दुई खेलमा भने जगजितको टोली बराबरी खेलेको थियो । बराबरी दुवै खेलमा जगजित पहिलो रोजाइमा थिएनन् । ४ खेलमा अपराजित रहेको सनसाइनले २ जित र २ बराबरीपछि ८ अंक जोडेको छ । २० क्लब रहेको नेसनल प्रिमियर लिगमा सनसाइन अंकतालिकाको चौथो स्थानमा छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.