default_image

9 years ago

February 25, 2017

पुलिसलाई बुढासुब्बा रेडबुल गोल्डकप उपाधि

179 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लवले १९ औं अन्र्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि उचालेको छ । शनिवार एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सम्पन्न फाइनल प्रतियोगितामा पुलिसले संकटा क्लवलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै बुढासुब्बा गोल्डकपको उपाधि उचालेको हो ।

npc-jumanu

फाइल फोटो

निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी भएपछी खेल ट्राईबेकरमा गएको थियो । टाइबेकरमा पनि ३–३ गोलको बराबरी भएपछी पुलिसले सडन डेथमा संकटालाई ३–२ गोल अन्र्तरले पराजित गर्दै नजित आफ्नो पक्षमा पारेको थियो ।

खेलको सुरुवातमा पुलिस विरुद्ध आक्रमक बनेको संकटाले खेलको २८औं मिनेटमा राज पौडेलले सुरुवाती गाल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा पुलिसलाई दवावमा राखेको संकटाले दोस्रो हाफमा खेलको लय गुमाउदा पुलिसले खेलमा फर्किएर खेल आफ्नो पक्षमा पार्यो । खेलको ७९औं मिनेटमा जुमानु राईले पेनाल्टी गोल गर्दै खेललाई १–१ गालेको बराबरीमा पुर्याए । संकटाका अनिल गुरुङले पुलिसका बुद्ध लामालाई डिबक्स एरियामा फल गरी लडाएपछी पुलिसले पेनाल्टी हान्ने अबसर पाएको थियो ।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछी खेल ट्राईबेकरमा गएको थियो । ट्राइबेकरमा दुबै टिमबाट ३–३ गोल भएपछी सडन डेथमा पुलिसले ३–२ गाल अन्तरले संकटालाई पाखा लगाउदै उपाधि हात पारेको हो । पुलिसका तर्फबाट तेज तामाङ, जुमानु राई, अभिषेक रिजाल, भोला सिलुवाल, रोशन खड्का र सुरज घिमिरेले पेनाल्टी मार्फत गोल गरेका थिए । पुलिसका अजित भण्डारी पेनाल्टी मार्फत गोल गर्न असफल भए भने बुद्ध लामा, विक्रम धिमाल, तिर्थबहादुर राना, अर्बिज चाहारको पेनाल्टी बल संकटाका गोलरक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिए ।

संकटाका तर्फबाट अनिल गुरुङ, सुशिल केसी, अमित तामाङ, कुलदिप कार्की, पेट्रिक जेनले मात्र पेनाल्टी मार्फत गोल गरे ।  संकटाका मार्टिन अजय, राज पौडेल, भुषन सुब्बा, लाओल ओलेकन, दिपेश श्रेष्ठ र विनय श्रेष्ठको पेनाल्टी प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले नियन्त्रणमा लिएका थिए ।

सिजनको पहिलो उपाधि जितेको पुलिसले नगद ५ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको संकटाले नगद २ लाख ५० हजारमा तित्त बुझायो ।

प्रतियोगिताभरको उत्कृष्ट खेलाडि संकटा क्लवकका गोलरक्षक विनय श्रेष्ठ घोषित भए । उनले एक थान एक सय २५ सिसिको यामाहा मोटरसाईकल प्राप्त गरेका छन् । फाइनल प्रतियोगिताको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षकको उपाधि पुलिसका गोलरक्षक रोशन खड्का घोषित भए । उनले नगद २० हजार पुरस्कार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट स्ट्राईकर पुलिसकका जुमानु राई, उत्कृष्ट डिफेन्स पुलिसकै विक्रम धिमाल, र उत्कृष्ट कोच पुलिसका कुमार कट्वाल घोषित भए । प्रतियोगिताको उदयमान खेलाडि र उत्कृष्ट मिडफिल्डर धरान फुटवल क्लवका क्रमशः रजिन सुब्बा र हेमन्त गुरुङ घोषित भए ।  विजयी खेलाडिले जनहि १५ हजारका दरले नगद प्राप्त गरेका छन्। सर्बाधिक गोलकर्ता पुलिसका जुमानु राई र संकटाका अनिल गुरुङ घोषित भए ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.