9 years ago
February 25, 2017
दिपक न्यौपाने
बुटवल – हिमालयन शेर्पा १९ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विदेशी खेलाडी एलेक्सले थप समयमा निर्णायक गोल गरेपछि हिमालयन शेर्पाले मोफसलको बलियो टोली रमपम झापा ११ लाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा टुंगिएपछि २० मिनेट समय थप गरिएको थियो । थप समयको अन्तिम मिनेटमा एलेक्सले गोल गरेपछि नयाँ प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा हिमालयनले विजयी सुरुआत गरेको छ ।
३७ औं मिनेटमा चेतनकुमार थारुको गोलबाट लिएको अग्रतालाई हिमालयन शेर्पाले जोगाउन नसकेपछि जितका लागि थप समयसम्म कुर्नुपरेको थियो । खेलमा पछि पारेको ४ मिनेटपछि नै झापाले बराबरी गोल फर्काएको थियो । झापाका लागि सन्जोक राईले गोल गरेका थिए । हिमालयनका एलेक्स खेलको म्यान अफ दी म्याच घोषित भए ।
तिलोत्तमा गोल्डकपमा आइतबारको खेल
अग्नी रुपन्देहीविरुद्ध धरान एफसी


December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]