9 months ago
March 11, 2025
दिपक बोहोरा,पाँचथर
मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बनाजमा अर्को महिना रवि गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
रवि गोल्डकपको छेटौं संस्करण चैत २५ देखि २०८२ वैशाख १ गते सम्म हुने आयोजक राइजिङ स्टार क्लबले सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रतियोगिता ५ वर्षपछि आयोजना हुन लागेको हो। २०७६ मा कोभिडको कारणले छैटौं संस्करण रोकिएको थियो ।
प्रतियोगितामा ३ विदेशीसहित ८ टोलीको सहभागिता रहने आयोजक राइजिङका सचिव मदन राईले बताए ।
प्रतियोगितामा लाइटगेट फुटबल क्लब घाना,युके एफसी कर्साङ भारत, राइजिङ स्टार स्पोर्टिङ क्लब दार्जिलिङ, पथरी ११ मोरङ, सलहेश क्लब सिरहा, भाङबारी फुटबल क्लब दमक, आठकर्ण फुटबल क्लब पाँचथर र आयोजक राइजिङ को सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट , उदीयमान , सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले पनि पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रबद्धक मिक्लाजुङ गाउँपालिका रहेको छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]