default_image

9 years ago

February 26, 2017

उपाधि जिते मनाङका खेलाडीले १ लाख भन्दा बढी पाउने

120 views

0 Bookmark

चितोगोङ (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप जित्न सके लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका हरेक खेलाडीले १ लाख रुपैयाँ भन्दा पुरस्कार वापत पाउने भएका छन् । मनाङका अध्यक्ष मुखिया कान्छा गुरुङले टोलीले क्लब कप जिते पुरस्कार राशिको ५० प्रतिशत खेलाडीलाई दिने घोषणा गरेका छन् । क्लब कपको विजेताले ३० हजार तथा दोस्रो हुने टोलीले १ हजार ५ सय अमेरिकी डलर जित्नेछ ।

mmc-second-match-7
त्यसबाहेक व्यक्तिगत रुपमा पनि अध्यक्ष गुरुङले १० लाख रुपैयाँ खेलाडीलाई दिने घोषणा गरिसकेका छन् । उनले खेलाडीको मनोबल बढाउनका लागि पुरस्कारको घोषणा गरेको बताए । गुरुङले थपे,‘फाइनल पुगे पनि हामी पुरस्कार दिने विषयमा छलफल गरिरहेका छौं । अहिले सेमिफाइनल सम्म पुग्नु पनि नेपाली फुटबलका लागि सुखद सन्देश हो । ’

गत महिनामात्र सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप, आहा रारा गोल्डकप र रमपम झापा गोल्डकप जितेपछि मनाङ बंगलादेश यात्रामा निस्केको थियो । २३ खेलाडीसहित ३१ सदस्यीय जना मनाङ टोली बंगलादेश पुगेको छ ।

मनाङले सोमबार माल्दिभ्सको टिसी स्पोर्टस क्लबको सामना गर्दैछ । टिसी स्पोर्टस्को गोलपोस्ट नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले सम्हाल्नेछन् । किरण माल्दिभ्स जानुअघि मनाङबाटै व्यवसायिक फुटबल खेल्थे ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.