default_image

9 years ago

February 26, 2017

टिसी स्पोर्टससँगको सेमिफाइनलका लागि मनाङ तयार

142 views

0 Bookmark

चितगोङ (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सोमबार सेमिफाइलन सुरु हुँदा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले माल्दिभ्सको क्लब टिसी स्पोर्टसको सामना गर्नेछ । टिसी स्पोर्टस् त्यहि क्लब हो जसको गोलपोस्ट मनाङका पूर्व खेलाडी एवंम् राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सम्हाल्ने छन् ।

anil

मनाङ समूह ‘बी’ को उपविजेता र किरणको टिसी स्पोर्टस समूह ‘ए’ को विजेताका रुपमा एकअर्कासँगको भेट पक्का गरेका थिए । यी दुईबीचको खेल नेपाली समय अनुसार चितगोङस्थित मोहम्मद अजिज रंगशालामा साँझ ६ः१५ मा सुरु हुनेछ ।

सेमिफाइनलको अघिल्लो दिन आइतबार चिगोङमा भएको प्री म्याच कन्फ्रेन्समा मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफ्नो टोली सेमिफाइनलका लागि तयार रहेको बताएका छन् । उनले भने ‘ टिसी स्पोर्टस्मा केही विदेशी खेलाडीको साथले राम्रो छ । सेमिफाइनल प्रतिस्पर्धात्मक हुनेछ । हामी पनि कमजोर छैनौं त्यसैले हामी जित्ने लक्ष्य मैदान उत्रनेछौं ।’

उनले थपे ‘शारीरिक र मानसिक रुपमा टिसीविरुद्ध खेल्न तयार छ । हामी नियमित समयमै नतिजा आफ्नो पक्षमा निकाल्ने लक्ष्यका साथ ओर्लने छौं । मनाङका कप्तान अनिल गुरुङले मिहेनत गरेर खेले टिसी स्पोर्टस्लाई हराउने क्षमता आफ्नो टोलीमा रहेको बताए ।

‘टिसी स्पोटस् राम्रो टिम हो । सेमिफाइनल प्रतिस्पर्धात्मक हुनेछ,’ उनले भने, ‘ यसपटक मनाङको टिमवर्क राम्रो छ त्यसैले जित्न सक्ने क्षमता हामीमा छ । ८ जना राष्ट्रिय खेलाडी, ३ विदेशी र युवा खेलाडीको समिश्रण छ । ’
टिसी स्पोर्टस्का प्रशिक्षक निजम मोहम्मदले मनाङलाई सहजै हराउने आशा व्यक्त गरे । उनले भने, ‘ मनाङ र हाम्रो खेल स्तर समान भएपनि हामी जित्नेछौं ।’

हेड टु हेडमा मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पार्दै मनाङ समूह बीको उपविजेताका रुपमा अघि बढेको थियो । समूह चरणको पहिलो खेलमा मोहमोदेनलाई २–० ले हराएको मनाङ अर्को खेलमा अफगानिस्तानको शाहिन आस्मायीसँग ३–१ ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा मनाङ आयोजक चितगोङ अवहनी लिमिटेडसँग २–२ गोलको रोकिएको थियो । पहिलो खेलको जितका कारण हेड टु हेडमा मोहमडनलाई पछि पार्दैै मनाङ अघि बडेको थियो ।

अर्को समूहमा टिसी स्पोर्टस्ले पहिलो खेलमा ढाका अवहनी लिमिटेडलाई १–० र अर्को खेलमा कीर्गिस्तानको एफसी आल्गालाई २–१ ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा भने टिसी स्पोर्टस् पोइचेन सिटीजन एफसीसँग १–१ बराबरीमा रोकिएको थियो ।

दोस्रो सेमिफाइनल मंगलबार समूह ‘बी’ को विजेता चितगोङ र समूह ‘ए’ को उपविजेता दक्षिण कोरियाको पोइचेन सिटीजन एफसीबीच हुनेछ । फाइनल मार्च ३ मा हुनेछ । प्रतियोगिताको विजेताले ३० हजार र दोस्रो हुने टोलीले १५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

mmc2

mmc

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.