default_image

9 months ago

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

3435 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन

एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।

निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो।

प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा अग्रता भने आर्मीले लिएको थियो । १३ औं मिनेटमा विमला चौधरीको गोलमा आर्मीले अग्रता लियो । अग्रता जोगाउन नसकेको आर्मीले उपाधि गुमायो ।

अन्तिम ६ मिनेट सम्हालिन नसक्दा आर्मी स्तब्ध भयो । ७४ औं मिनेटमा रश्मिकुमारी घिसिङले सुन्दर हेडर गोल गर्दै एपिएफलाई खेलमा फर्काइन् । एपिएफकी प्रीति राई प्लेयर दि फाइनल घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

एपिएफले ट्रफीसहित ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो। एपिएफले यो वर्ष लिग सहित ३ वटा उपाधि जितेको छ ।

एन्फा महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबलाई हराएको एपिएफले दुई वटा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई पराजित गर्यो। फागुन २४ गते इलाम गोल्डकपको फाइनलमा पनि आर्मी एपिएफसँग पराजित भएको थियो।

चितवनमा आर्मीकी चन्द्रा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले ४० हजार प्राप्त गरिन् ।

एपिएफकी सावित्री किसन उत्कृष्ट गोल रक्षक, आर्मीकी विमला बिक उत्कृष्ट डिफेन्डर, एपिएफकी रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, एपिएफका जीवेश पाण्डे उत्कृष्ट प्रशिक्षक घोषित भए ।

८ गोलसहित एपिएफकी रश्मि कुमारी घिसिङ सर्वाधिक गोलकर्ता रहिन् । उनीहरुले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकालो प्रवर्द्धनमा भएको प्रतियोगितामा ८ टोली सहभागी थिए ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.