default_image

9 years ago

February 27, 2017

संकटा र एपिएफ एक सातामा दोस्रो पटक भिड्दै

113 views

0 Bookmark

दिपक न्यौपाने
बुटबल – दुई ए डिभिजन टोली सिएमजी क्लब संकटा र नेपाल एपिएफ क्लब ठिक एक सातापछि फेरी एकपटक आमनेसामने हुँदैछन् । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार यी दुई टोलीबीच भेट हुँदैछ ।

apf-vs-sankat

फाइल फोटो

अघिल्लो सोमबार पनि यी दुई टोलीबीच १९ औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमै भेट भएको थियो । त्यहाँ संकटाले एपिएफलाई १–० ले हराएको थियो । संकटा बुढासुब्बाको फाइनलमा सडन डेथमा पुगेर नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको फुटबलमा स्वर्ण पदक जितेयता एपिएफले लगातार आठ खेल हारेको थियो । सबै खेलमा टोली पहिलो खेलबाट पराजित भएको थियो । बुटवल आइपुगेर भने एपिएफको हारको सिलसिला टुंगिएको थियो । एपिएफले भारत कालिङपोङको सेरे एफसीलाई १–० ले हराउँदै अघि बढेको थियो ।

आयोजक अग्नी रुपन्देही ११ र हिमालयन शेर्पा क्लब यसअघि नै तिलोत्तमा गोल्ड कपको सेमिफाइनल पुगिसकेका छन् । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित मोफसलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गर्थ्यो । गत बर्ष भने प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।

यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ । बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै एन्फा, राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.