default_image

9 years ago

February 28, 2017

चोटका कारण नवयुगले फिलिपिन्स विरुद्धको खेल गुमाउन सक्ने

115 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)– चोटका कारण नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठले अर्को महिना हुने एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्धको खेल गुमाउने सम्भावना बढेको छ ।

nawayug-injury

खुट्टाको चोटका कारण हाल आराम गरिरहेका नवयुगले राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएयता अभ्यास गरेका छैनन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दा सानो चोट लागेपछि उनलाई चिकित्सकले आरामको सल्लाह दिएका छन् ।

नवयुगले बायाँ घुँडाको पछाडीको भागको हड्डीमा दुःखाई भएपछि चिकित्सकलाई देखाएको बताए । ‘हिड्न, कुद्न केही समस्या थिएन । घुँडा खुम्चाउँदा अलि बढी नै दुख्थ्यो ’ नवयुगले हाम्रो खेलकुदलाई,‘एमआरआइ गरेपछि मात्र चोट लागेको भन्ने थाहा भयो ।’

आठ दिनदेखि उनको खुट्टामा नियमित रुपमा ब्यान्डेज गरिएको छ । ब्यान्डेज खोलेपछि मात्र चोटको रिकभरीको बारेमा बताउन सकिने नवयुगले बताए । अर्को साताबाट फिजियोको सल्लाहमा अभ्यास सुरु गर्ने नवयुग त्यसको दुई सातापछि मैदानमा फर्कन सक्ने अपेक्षा गरिएको छ । नेपालले चैत १५ गते फिलिपिन्ससँग मनिलास्थित रिजाल मेमोरियल मैदानमा छनोछटको पहिलो खेल खेल्नेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.