9 years ago
February 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सन् २०१७मा एसियाली फुटबल महासंघको आयोजनामा हुने तीन उमेर समूहको प्रतियोगितामा नेपालले सहभागिता जनाउदैछ।

नेपालले विगतझै एएफसीले योजना गर्ने यु-२३, यु-१९ र यु-१६ उमेर समूहको प्रतियोगिताहरुको छनोट चरणमा सहभागिता जनाउने भएको हो। उमेर समुहमा नेपालको प्रदर्शन केहि राम्रो भएपनि पछिल्लो संस्करण भने नेपालको लागि लाभदायी हुन सकेन। यु-१९ र यु-२३मा पहिलो चरणबाटै बाहिरिएको नेपाल यु-१६ उमेर समुहमा भने छनोट भएर पनि बढी उमेर भएका खेलाडी समावेश गरिएको भन्दै एएफसीको कारवाहीमा परेको थियो।
यस वर्ष हुने प्रतियोगीता मध्ये एएफसी यु-२३ च्याम्पियनसिपको छनोट चरण अषाढ ३१ देखि साउन ८सम्म चल्नेछ भने उक्त प्रतियोगिताको अन्तिम चरण चीनले २०१९मा आयोजना गर्नेछ। यु-१९ प्रतियोगिताको छनोट चरण कार्तिक १४-२२गतेसम्म आयोजना हुनेछ भने यु-१६को छनोट चरण भाद्र ३१ देखि असोज २४सम्म आयोजना हुनेछ। हालसम्म उक्त प्रतियोगिताको योजना कहाँ हुने भन्ने टुंगो लागेको छैन।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]