9 years ago
February 27, 2017
चितोगोङ (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपअन्गर्तत लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र माल्दिभ्सको टिसी स्पोर्टसबीचको सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

हेड टु हेडका आधारमा मोहमडन स्पोर्टिङ क्लबलाई पछि पार्दै अन्तिम चार पुगेको मनाङले खेलको १७ औं मिनेटमा अग्रता लिने मौका चुकाएको थियो । रोहित चन्दको क्रसमा सुजल श्रेष्ठले फिल्क गरेको बल ओलाडिपो ओलावाले अफिजले प्रहार गर्दा पोस्ट नजिकबाट बाहिरिएको थियो । मनाङले भन्दा टिसी स्पोर्टसले बढी मौका पाएर पनि गोल गर्न सकेन ।
टोलीले तीन वटा मौका खेर फालेको थियो । टिसी स्पोर्टसबाट नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले सम्हालिरहेका छन् । अर्को सेमिफाइनल मंगलबार आयोजक चितोगोङ अवहानी र कोरियाली क्लबबीच हुनेछ । मनाङ र किरणको टिसी स्पोर्टसबीचको पहिलो हाफ गोलरहित बराबरी चितोगोङ (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपअन्गर्तत लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र माल्दिभ्सको टिसी स्पोर्टसबीचको सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
हेड टु हेडका आधारमा मोहमडन स्पोर्टिङ क्लबलाई पछि पार्दै अन्तिम चार पुगेको मनाङले खेलको १७ औं मिनेटमा अग्रता लिने मौका चुकाएको थियो । रोहित चन्दको क्रसमा सुजल श्रेष्ठले फिल्क गरेको बल ओलाडिपो ओलावाले अफिजले प्रहार गर्दा पोस्ट नजिकबाट बाहिरिएको थियो । मनाङले भन्दा टिसी स्पोर्टसले बढी मौका पाएर पनि गोल गर्न सकेन । टोलीले तीन वटा मौका खेर फालेको थियो । टिसी स्पोर्टसबाट नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले सम्हालिरहेका छन् । अर्को सेमिफाइनल मंगलबार आयोजक चितोगोङ अवहानी र कोरियाली क्लबबीच हुनेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]