default_image

9 years ago

February 27, 2017

किरणको टिसी स्पोर्टस् फाइनलमा, मनाङ बाहिरियो

202 views

0 Bookmark

चितोगोङ (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टस क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा पुगेको छ।

bikram lama

मनाङलाई सोमबार साँझ १–० ले हराउँदै टिसी स्पोर्टस् उपाधि नजिक पुगेको हो । मनाङका गोलकिपर दीनेश थापा मगरको कमजोरीको फाइदा उठाउँदै टिसी स्पोर्टसले खेलको अन्त्यतिर अग्रता लिएको थियो । ८३ औं मिनेटमा मैदानको दायाँबाट टिसी स्पोर्टस्का खेलाडीले क्रस गरेको बल दीनेशले हातमा परिसकेपछि पनि राम्ररी नियन्त्रणमा लिन सकेनन् । त्यसको फाइदा उठाउँदै नाफिउ अली सहजै गोल गरे । त्यहि गोल खेलको निर्णायक बन्यो र मनाङ प्रतियोगिताबाट बाहिरियो । मनाङले केही राम्रो मौका पाउँदा पनि सफल हुन सकेन । १७ औं मिनेटमा रोहित चन्दको क्रसमा सुजल श्रेष्ठले फिल्क गरेको बल ओलाडिपो ओलावाले अफिजले प्रहार गर्दा पोस्ट नजिकबाट बाहिरिएको थियो ।

त्यस्तै ५५ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा रोहितको हेडर किरणले पन्च गर्दै टोलीको संकट टारेका थिए । इन्जुरी समयमा कमलको फ्रिकिकमा सिसोकोको हेडर फ्लिक्लाई नजिकबाट आफिजले गरेको प्रहार किरणले रोकेका थिए । हेड टु हेडका आधारमा मोहमडन स्पोर्टिङ क्लबलाई पछि पार्दै मनाङ समूह बीको उपविजेताका रुपमा अन्तिम चार पुगेको थियो ।टिसी स्पोर्टस समूह एको विजेताका रुपमा अघि बढेको थियो । अर्को सेमिफाइनल मंगलबार आयोजक चितोगोङ अवहानी र कोरियाली क्लबबीच हुनेछ । टिसी स्पोर्टस्सङ पहिलो सिजन खेल्दै गरेका किरण खेलको म्यान अफ द म्याच भए ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.