9 years ago
February 28, 2017
दिपक न्यौपाने
बुटबल – त्रिभुवन आर्मी क्लब अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मंगलबार १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । पहिलो हाफमै २–० को अग्रता बनाएको आर्मीले शनिबार १९ औं बुढासुब्बा रेडलबुल गोल्ड कप फुटबल प्रतियोगिताको विजेता पुलिसलाई सहजै पराजित गरेको थियो । आर्मीले फाइनल प्रवेशका लागि बिहीबार आयोजक अग्नी रुपन्देहीको सामना गर्नेछ ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा विवेक बस्नेतको गोलबाट २० औं मिनेटमा अग्रता लिएको आर्मीका लागि अर्को गोल राजीव गुरुङले ३८ औं मिनेटमा गरेका थिए । पुलिसका निरकुमार राईले ७८ औं मिनेटमा गोल फर्काउँदै गोलअन्तर घटाएका थिए ।
तर खेल सकिन ७ मिनेट बाँकी रहाँ दीप लामाले गोल गरेपछि आर्मीको जित सहज बनेको थियो । आर्मीका विवेक खेलको म्यान अफ दी म्याच घोषित भए । राष्ट्रिय टोलीको प्रशिक्षकका कारण आर्मी फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठविना उत्रेको थियो । प्रशिक्षणमा रहेपनि घुँडाको चोटका कारण नवयुग आराम गरिरहेका छन् ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित मोफसलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत बर्ष भने प्रतियोगिताले पुनः निरन्तरता पाएको छ । यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ । बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् ।
त्यस्तै एन्फा, राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
तिलोत्तमा गोल्डकपमा बुधबारको सेमिफाइनल
हिमालयन शेर्पाविरुद्ध संकटा
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]