default_image

8 months ago

April 17, 2025

प्ले अफ पुग्ने चितवनलाई अन्तिम मौका

957 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनको लिग चरणको आज अन्तिम खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको खेलको नतिजाले प्ले अफ पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ।

त्यसमा पनि अपराजित ललितपुर सिटी एफसी र धनगढी एफसी पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ। पोखरा थन्डर्स पनि प्लेअफमा पुगिसकेको छ।

प्ले अफ पुग्ने अन्तिम टोलीका लागि एफसी चितवन र काठमाडौं रजर्सको मात्र सम्भावना बाँकी छ। लिगको आफ्नो अन्तिम खेल खेलिसकेको काठमाडौं आजको नतिजाको प्रतीक्षामा छ । बुटवल लुम्बिनी एफसी र झापा एफसी यसअघि नै प्ले अफ दौडबाट बाहिरिसकेका छन् ।

चितवनसँग भने आफू अनुकूल नतिजा निकाल्ने आज अन्तिम मौका छ। चितवनले साँझ ६:०० बजे सुरु हुने खेलमा धनगढीको सामना गर्नेछ।

छनोटका लागि चितवनले बराबरी गर्नुपर्नेछ। बराबरीले काठमाडौंसँग समान अंक भएपनि गोलअन्तरमा चितवन अगाडि हुनेछ।

चितवनले खेल जितेमा तेस्रो स्थानमा उक्लनेछ भने हारेको अवस्थामा प्रतियोगिताबाट बाहिरिने छ। चितवनको हारले काठमाडौंको प्ले अफ पक्का हुनेछ ।

दुई संस्करणमा प्ले अफ पुग्न नसकेको चितवनले यस पटक सुरुवाती २ खेल जित्दै दमदार सुरुवात गरेको थियो।

तर तेस्रो खेलमा बराबरी तथा चौथो र पाँचौँ खेलमा हार बेहोरेपछि टोलीले प्ले अफका लागि नै संघर्ष गर्नुपरेको छ। त्यसैले चितवनका लागि आजको खेल गर वा मरको अवस्थामा छ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.