9 years ago
March 1, 2017
दीपक न्यौपाने
बुटवल – दुई ए डिभिजन टोली सिएमजी क्लब संकटा र हिमालयन शेर्पा १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज एकअर्काको सामना गर्दैछन् । दुवै टोली लगातार मोफसलका नकआउटमा सहभागिता जनाउँदै आइरहेका छन् ।

दुई साताअघि रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको संकटाले गत साता धरानमा १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको थियो । संकटाले माघको पहिलो साता सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपको पनि फाइनल खेलेको थियो ।
तर, झन्डै दुई बर्षपछि घरेलु फुटबलमा फर्केको हिमालयन शेर्पा सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । सिमरा गोल्डकप, उदयपुर गोल्डकप दुवैमा शेर्पा सेमिफाइनलमै रोकिएको थियो । संकटा पनि उदयपुरमा सेमिफाइनलबाट अघि बढ्न सकेको थिएन ।
आन्तरिक विवादपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिमालयन शेर्पासहित चार क्लबमाथि फुटबल खेल्नबाट लगाएको प्रतिबन्ध केही महिनाअघि मात्र फुकुवा भएको थियो । त्यसपछि हिमालयन फुटबलमा फर्केको हो ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी प्रतियोगितामा अर्को सेमिफाइनलमा बिहीबार नेपाल आर्मी र आयोजक अग्नी रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित मोफसलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत बर्ष भने प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।
यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ । बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् ।
त्यस्तै एन्फा, राष्ट्रिय खेलकुद परिषद ९राखेप० र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]