default_image

9 years ago

March 1, 2017

संकटा तिलोत्तमा गोल्ड कपको उपाधि नजिक

85 views

0 Bookmark

दीपक न्यौपाने
बुटवल – सिएजमी क्लब संकटा लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । इन्जुरी समयमा सुशील केसीले निर्णायक गोल गरेपछि हिमालयन शर्पालाई बुधबार २–१ ले हराउँदै संकटा १९ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

sankata

संकटाले त्रिभुवन आर्मी र आयोजक अग्नी रुपन्देहीको विजेतासँग शनिबार फाइनल खेल्नेछ । गत साता संकटाले धरानमा १९ औं बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेलेको थियो ।  देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा खेलमा अग्रता भने हिमालयन शेर्पाले लिएको थियो ।

चेतनकुमार थारुले २६ औं मिनेटमा गोल गर्दै हिमालयनलाई अघि बढाएका थिए । तर, पहिलो हाफको लागि दुई मिनेट बाँकी रहँदा मार्टिन्सले बराबरी गोल गर्दै रुस्लान आठौं सिमरा गोल्ड कप फुटबल प्रतियोगिताका विजेता संकटालाई खेलमा फर्काएका थिए । बराबरीतर्फ उन्मुख खेलमा ४ मिनेट थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा सुशीलले विजयी गोल गरेका थिए ।

दुवै टोली लगातार मोफसलका नकआउटमा सहभागिता जनाउँदै आइरहेका छन् । दुई साताअघि रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको संकटाले गत साता धरानमा १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको थियो ।

संकटाले माघको पहिलो साता सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपको पनि फाइनल खेलेको थियो । तर, झन्डै दुई बर्षपछि घरेलु फुटबलमा फर्केको हिमालयन शेर्पा सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । सिमरा गोल्डकप, उदयपुर गोल्डकप दुवैमा शेर्पा सेमिफाइनलमै रोकिएको थियो । संकटा पनि उदयपुरमा सेमिफाइनलबाट अघि बढ्न सकेको थिएन ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित मोफसलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत बर्ष भने प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।

यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ । बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै एन्फा, राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

तिलोत्तमा गोल्ड कपमा बिहीबारको सेमिफाइनलमा
आर्मीविरुद्ध अग्नी रुपन्देही

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.