9 years ago
March 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७मा सहभागिता जनाएर मंगलबार स्वोदेश फर्केको मनाङ मर्स्याङदी क्लबका खेलाडीहरु बिहिबारबाट राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुने भएका छन्।

एएफसी एसियन कप २०१९ – छनोट चरण अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सविरूद्धको खेलको तयारीको लागि विगत २ सातायता नेपाली टोली सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षणरत छ। बंगलादेशमा भएको अन्तराष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता भएकाले मनाङका खेलाडीलाई भने एन्फाले फुकुवा गरेको थियो।
जापानी प्रशिक्षक ग्योतोकु कोजीले मनाङका १० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन्। डिफेन्डर कमल श्रेष्ठ, बिराज महर्जन, देवेन्द्र तामाङ र बिमल बस्नेतसंगै मिडफिल्डर बिशाल राई, हेमन्त थापा मगर, बिक्रम लामा र सुजल श्रेष्ठ प्रारम्भिक छनोटमा परेका थिए। राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ र १ वर्षको चोटपछि मैदान फर्केका रोहित चन्दपनि प्रशिक्षणमा सहभागी हुनेछन्।
नेपालले एएफसी एसियन कप २०१९ – छनोट चरण अन्तर्गतको पहिलो खेल फिलिपिन्सको मनिलामा रहेको रिजाल मेमोरियल रंगशालामा खेल्दैछ। खेल चैत्र १५ गते नेपाली समयानुसार साँझ ५:४५ बजे हुनेछ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]