default_image

8 months ago

May 5, 2025

चेल्सीसँग विजेता लिभरपुल पराजित

675 views

0 Bookmark

एजेन्सी – चेल्सीले प्रिमियर लिग विजेता लिभरपुललाई ३-१ ले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने आशा बलियो बनाएको छ।

स्ट्यामफोर्ड ब्रिजमा एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। दोस्रो हाफको। ११ औं मिनेटमा जारेल क्वान्साहले आत्मघाती गोल गरेपछि चेल्सीको अग्रता दोब्बर भयो।

भर्जिल भान डाइकले खेलको ८५ औं‌ मिनेटमा हेडरमार्फत एक गोल फर्काए । तर कोल पाल्मरले इन्ज्युरी समयको छैंटौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित निश्चित गरे ।

६३ अंकसहित चेल्सी पाँचौं स्थानमै कायम छ । छैटौं स्थानको नटिङ्घम फरेस्टभन्दा तीन अंकले अघि छ । फरेस्टले सोमवार क्रिस्टल प्यालेससँग खेल्नेछ।

चेल्सी चौथो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरीमा छ । उनीहरू अर्को साता सेन्ट जेम्स पार्कमा आमनेसामना हुनेछन्।

म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ। बेन्टफोर्डले युनाइटेडलाई ४-३ ले हराएको छ। ब्राइटन र न्युक्यासलले तथा वेस्टह्याम र टोटेनहमले समान १-१ को बराबरी खेलेका छन्।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.