default_image

9 years ago

March 2, 2017

रियल म्याड्रिड बराबरीमा रोकियो

132 views

0 Bookmark

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल म्याड्रिडले लास पाल्माससंग ३-३को बराबरी खेलेको छ।

Real Madrid

खेलको ८५औं मिनेटसम्म ३-१ले पछि परेको १० खेलाडीमा सिमित म्याड्रिड, रोनाल्डोले ३ मिनेटमा २ गोल गरेपछि खेल बराबर गर्न सफल भएको थियो। खेलको ८औं मिनेटमा इस्कोको गोलको मद्दतले म्याड्रिडले अग्रता लिएको थियो। तर त्यसको दुई मिनेट नबित्दै पाल्मासका टानाले बराबरी गोल फर्काए।
दोश्रो हाफको सुरुवातमा ग्यारेथ बेललाई विपक्षी खेलाडीसंग हातपात गरेको भन्दै रेफ्रीले रातो कार्ड दिएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो। पाल्मासले म्याड्रिडको कमजोरीको पुर्ण फाइदा उठाउँदै ५६औं मिनेटमा जोनाथान भिएरा र ५९औं मिनेटमा केभिन प्रिन्स बोटेङको गोलले ३-१को अग्रता बनायो।
खेलको ८६औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टि पायो र रोनाल्डोले सजिलै गोल गर्दै खेलमा म्याड्रिड फर्कने संकेत दिए। त्यसको दुई मिनेट पछिनै हामेस रोड्रिग्वेजको पासलाई सदुपयोग गर्दै रोनाल्डोले म्याड्रिडलाई बराबरीमा ल्याए।
यस बराबरीसंगै रियलको शिर्ष स्थानबाट झरेर दोश्रो स्थानमा पुगेको छ। २५ खेलमा ५७ अंक जोडेको बार्सीलोना शिर्ष स्थानमा छ भने २४खेल खेलेको म्याड्रिडको ५६ अंक रहेको छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.