default_image

7 months ago

May 15, 2025

रियलको जितमा बार्सिलोनाको प्रतीक्षा लम्बियो

3469 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ ।

रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ।

हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले रियलले खेल जित्यो।

बार्सिलोनालाई अब उपाधि जित्न बिहीवार एस्पान्योलविरुद्धको खेलमा १ अंक जोडे पुग्छ ।
मार्टिन भाल्जेन्टले ११ औं मिनेटमा गोल गर्दै मालोर्कालाई अग्रता दिलाए ।

घरेलु टोली रियलले खेलमा दबदबा जमाए पनि केहि राम्रा मौका खेर फाल्यो । त्यसपछि ६८ औं मिनेटमा किलियन एमबाप्पेले उत्कृष्ट प्रहारमा गोल गर्दै खेलमा बराबरी गरे।

इन्ज्युरी समयको पाँचौं मिनेटमा कमजोर डिफेन्डिङको फाइदा उठाउँदै रामोनले नजिकैबाट भली गोल गरे र खेल जिताए।

एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोना ८२ अंक छ। दोस्रो स्थानको रियल ४ अंकले पछि छ ।

बार्सिलोनाले आइतवार एल क्लासिकोमा रियललाई ४–३ ले हराएपछि ला लिगा जित्ने बलियो आधार बनाएको थियो। रियलमाथि यो सिजन बार्सिलोनाको त्यो चौंथो जित थियो।

त्यसमा ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको फाइनल समावेश छ । प्रशिक्षक कार्लो एन्सेलोटी आफ्नो अन्तिम सिजन रियलमा ठूला उपाधि विना कार्यकाल सक्ने सम्भावना छ।

यो सिजनको अन्त्यसँगै उनी ब्राजिलको मुख्य प्रशिक्षक बन्नेछन् । सम्भवतः उनीलाई फिफा क्लब विश्वकपका लागि ज़ाबी आलोन्सोले प्रतिस्थापन गर्नेछन्।

सबै खाले उपाधि गरेर एन्सेलोटी रियल म्याड्रिडको इतिहासमै सबैभन्दा सफल प्रशिक्षक हुन् । उनले ३ च्याम्पियन्स लिग, २ ला लिगासहित १५ उपाधि जितेका छन्। उनको अन्तिम उपाधि गत डिसेम्बरमा कतारमा भएको फिफा इन्टरकन्टिनेन्टल कप थियो।

अन्य खेलमा भिल्लारियलले लेगानेसलाई ३-० ले, सेभिल्लाले लस पलमासलाई र अल्भेसले भ्यालेन्सियालाई समान १-० ले हराएको छ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.