default_image

7 months ago

May 18, 2025

मुलरको अन्तिम खेलमा बायर्नको सहज जित

634 views

0 Bookmark

एजेन्सी – बुन्डेसलिगा च्याम्पियन बनेको बायर्न म्युनिखले होफेनहाइमलाई ४-० ले हराउँदै सिजनको अन्त्य गरेको छ। थोमस मुलरले बायर्नबाट अन्तिम खेल खेले।

बायर्नमा १३ वटा बुन्डेसलिगा उपाधि र दुईवटा च्याम्पियन्स लिग जितिसकेका ३५ वर्षीय मुलर यही सिजनको समाप्तिमा सम्झौता सकिएपछि क्लबबाट विदा हुनेछन् । उनले आफ्नो खेल जीवनको‌ महत्वपूर्ण समय बायर्नमा बिताए ।

मुलरले ५ सय ३ बुन्डेसलिगा खेल खेले । लिगको सर्वाधिक खेल खेल्ने सूचीमा उनी १२औं स्थानमा छन् । उनले बायर्नबाट २ सय ४८ गोल गरेका छन् ।
दोस्रो हाफमा उनको ठाउँमा हेरी केन मैदान प्रवेश गरेका थिए।

माइकल ओलिसेले खेलको ३३औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै बायर्नको खाता खोले।
त्यसपछि छिट्टै जोशुआ किमिखले ५३ औं मिनेटमा नजिकबाट प्रहार गरेर बायर्नको अग्रता दोब्बर बनाए ।

सर्ज ग्नाब्रीले पेनाल्टी क्षेत्रको किनाराबाट लो-सटमार्फत ८० औं तेस्रो गोल थपे । ८६ औं मिनेटमा केनले यो सिजनको आफ्नो २६औं लिग गोल गरे।

च्याम्पियन बायर्नले यो सिजन नजिकको प्रतिस्पर्धी बायर लेभरकुसेनलाई १३ अंकले पछि पार्दै सिजन टुंग्यायो । होफेनहाइमले वेर्डर ब्रेमेनसँग हाइडेनहाइमको हारका कारण प्ले-अफ स्थानमा पर्नबाट जोगियो।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.