7 months ago
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबलाई २-० ले हराउँदै श्री कुमारी क्लब बी डिभिजनमा यथावत रहने निश्चित भएको छ।
श्री कुमारीलाई रेलिगेसनबाट जोगिन ३ अंक आवश्यक थियो। सोही अनुरूप आज एन्फा कम्प्लेक्समा सरस्वती क्लब विरूद्ध टोलीले जित दर्ज गर्यो।
खेलको ४४ औं मिनेटमा यमन महर्जनले गोल गरे। पहिलो हाफमा श्री कुमारीले १-० को अग्रता बनायो। यसपछि खेलको ९० औं मिनेटमा मौसम राईले टोलीको लागि दोस्रो गोल गरे।
जितपछि १२ खेलबाट १६ अंक बनाएको श्री कुमारी लिगको छैटौं स्थानमा रहेको छ। सरस्वती १५ अंक सहित लिगको सातौं स्थानमा छ।
लिगको १२ औं चरणको खेल जारी रहँदा प्लानिङ ब्वाइज च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा हुने निश्चित भैसकेको छ। श्री भगवती र ब्वाइज युनियन एडिभिजनमा पुग्ने होडमा छन्
अर्को खेलमा च्यासल युथ क्लबलाई ४-१ ले पराजित गरेसँगै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को रेलिगेसन खतरा टरेको हो । बिबिसीको जितमा मुकुन्द कुमार न्युरेले ह्याट्रिक गरे।
बिबिसीको १२ खेलबाट १५ अंक पुगेको छ। च्यासल यसअघि नै रेलिगेसनबाट जोगिसकेको च्यासलको पनि १५ अंक छ। १४ टोली सहभागी लिगमा बिबिसी आठौं र च्यासल ११ औं स्थानमा छ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]