7 months ago
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबलाई २-० ले हराउँदै श्री कुमारी क्लब बी डिभिजनमा यथावत रहने निश्चित भएको छ।
श्री कुमारीलाई रेलिगेसनबाट जोगिन ३ अंक आवश्यक थियो। सोही अनुरूप आज एन्फा कम्प्लेक्समा सरस्वती क्लब विरूद्ध टोलीले जित दर्ज गर्यो।
खेलको ४४ औं मिनेटमा यमन महर्जनले गोल गरे। पहिलो हाफमा श्री कुमारीले १-० को अग्रता बनायो। यसपछि खेलको ९० औं मिनेटमा मौसम राईले टोलीको लागि दोस्रो गोल गरे।
जितपछि १२ खेलबाट १६ अंक बनाएको श्री कुमारी लिगको छैटौं स्थानमा रहेको छ। सरस्वती १५ अंक सहित लिगको सातौं स्थानमा छ।
लिगको १२ औं चरणको खेल जारी रहँदा प्लानिङ ब्वाइज च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा हुने निश्चित भैसकेको छ। श्री भगवती र ब्वाइज युनियन एडिभिजनमा पुग्ने होडमा छन्
अर्को खेलमा च्यासल युथ क्लबलाई ४-१ ले पराजित गरेसँगै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को रेलिगेसन खतरा टरेको हो । बिबिसीको जितमा मुकुन्द कुमार न्युरेले ह्याट्रिक गरे।
बिबिसीको १२ खेलबाट १५ अंक पुगेको छ। च्यासल यसअघि नै रेलिगेसनबाट जोगिसकेको च्यासलको पनि १५ अंक छ। १४ टोली सहभागी लिगमा बिबिसी आठौं र च्यासल ११ औं स्थानमा छ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]