7 months ago
May 22, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई बुधवार १-० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।
टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो। ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो।
यो जितसँगै आलोचनामा परेका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा ट्रफी जिताउने वाचा पूरा गरेका छन्।
खेल अघि ‘म कहिल्यै पनि जोकर बन्ने छैन’ भन्ने पोस्टेकोग्लुले स्पेनको बिलबाओस्थित सान मामेस स्टेडियममा टोलीलाई उपाधि दिलाएका छन् ।

बिल निकोलसन र कीथ बर्किनशलसँगै युरोपेली उपाधि जित्ने टोटनहम प्रशिक्षकको रिपमा उनी इतिहासमा दर्ज भएका छन्। यद्दपी उनी टोलीको प्रशिक्षकका रुपमा अर्को सिजन पनि रहनेमा भने शंका छ।
न्युक्यासल र क्रिस्टल प्यालेसको उदाहरण पछ्याउँदै, कहिल्यै वा कमै जित्ने क्लबको सुचीमा रहेको टोटनहमले पनि यो सिजन ट्रफी जितेर कीर्तिमान बनाएको छ।
साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन पाउन्डको आर्थिक लाभ पनि पाउनेछ।
म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन आमोरिमले आइतबार एस्टन भिल्लाविरुद्धको अन्तिम प्रिमियर लिग खेलमा टोलीलाई उतार्नेछन् ।

तर यो सिजनको खराब प्रदर्शनले उनको नेतृत्वमा प्रश्न उठाएको छ। उनले आक्रमणमा मासन माउन्टलाई अलेहान्द्रो गार्नाचोको सट्टा रोज्नु गलत सावित भयो।
कप्तान ब्रुनो फर्नान्डेस पनि सामान्यभन्दा सुस्त देखिए । जसका कारण युनाइटेड खेलमा फर्कन सक्ने रचनात्मकता देखाउन सकेन।
दोस्रो हाफको मध्यतिर रास्मुस होइलुन्डको हेडर गोल लाइनबाट मिकी भ्यान डे भेने शानदार क्लियर गरेपछि युनाइटेड बराबरीको नजिक पुगेको थियो।
खेलको अन्त्यतिर लुक शको हेडरलाई भिकारीयोले उत्कृष्ट बचाउ गरेपछि टोटनहमले जित निश्चित गर्यो।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]