7 months ago
May 22, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्स शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई जितको लागि २ सय ३६ रनको चुनौती दिएको छ।
अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो।
लखनउले सुरूवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ रनको साझेदारी गरे। मारक्रम २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रनमा आउट भए। गुजरातले ९ ओभर ५ बलमा पहिलो विकेट लियो। साइ किशोरले मारक्रमलाई आउट गरे।
यसपछि मिचेललाई निकोलस पुरनले साथ उिए। दोस्रो विकेटका २ सय २१ रनको सानदार साझेदारी गरे।
मिचेलले ५६ बलमा १० चौका र ६ छक्का सहित शतक पुरा गरे। उनी ६४ बलमा १ सय १७ रनको उत्कृष्ट पारी खेल्दै अर्शद खानको बलमा आउट भए। उनले १० चौका र ८ छक्का प्रहार गरे।
पुरनले २७ बल खेल्दै अविजित ५६ रन जोडे। कप्तान ऋशब पन्त अविजित १६ रनना क्रिजमा रहे। बलिङमा फितलो बनेको गुजरातको लागि साइ किशोर र अर्शद खानले १/१ विकेट लिए।
जारी सिजनमा यसअघि लखनउले गुजरातलाई ६ विकेटले हराएको थियो। गुजरत पहिलो पलिमिनेटरमा पुग्ने दाउमा छ। लखनउ भने लिग चरणबाट बाहिरिसकेको छ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]