default_image

7 months ago

May 23, 2025

महिला फुटबल टोलीको घोषणा

1259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  महिला राष्ट्रिय फुटबल टोलीले घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धका मैत्रीपूर्ण खेलको लागि शुक्रवार टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीको‌ सार्वजनिक गरे। नेपालले बैंककमा १६ र १९ गते दुई खेल खेल्नेछ ।

सन् २०२६ को एएफसी महिला एसियन कप अष्ट्रेलिया छनोट प्रतियोगिताको तयारीमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्वेकिस्तानसँग परेको छ।

नेपाली‌ महिला टोली

गोलरक्षक – अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

रक्षक – अमृता जैसी, गीता राना, बिमला बि.के., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई

मिडफिल्डर – अनिता बस्नेत, बिमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुषमा तामाङ

फरवार्ड – सवित्रा भण्डारी ‘साम्बा’, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता के.सी., रेखा पौडेल

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.