7 months ago
May 25, 2025
एजेन्सी – लिभरपुल, आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले युइएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ।
इंग्लिस प्रिमियर लिगको अन्तिम दिन आइतवारको नतिजासँगै सिटी, चेल्सी र न्युक्यासलको च्याम्पियन्स लिग यात्रा तय भएको हो।
इल्काइ गुन्डोगान र एर्लिङ हाल्यान्डले गोलमा सिटीले फुलहमलाई २-० ले हरायो । यो जितसँगै सिटीले तेस्रो स्थानमा प्रिमियर लिगको अन्त्य गरेको छ। ३८ खेलबाट सिटीले ७१ अंक जोड्यो । ५४ अंकसहित फुलहम ११औं स्थानमा रह्यो ।
लेवी कोलविलको गोलमा चेल्सीले नटिङ्घम फरेस्टलाई १-० ले पराजित गर्यो। ६९ अंकसहित चेल्सीले चौथो स्थानमा लिग टुंगायो । नटिङ्ङ्घमले च्याम्पियन्स लिग छनोट हुन असफल रह्यो। नटिङ्घम ६५ अंकसहित सातौं स्थानमा रह्यो।

कार्लोस अल्कारेजको गोलमा न्युक्यासल एर्भटनसँग १-० ले पराजित भयो। हारका बाबजुद ६६ अंकसहित पाँचौं स्थानमा रहँदै न्युक्यासल च्याम्पियन्स लिगमा पुगेको छ। एभर्टनले ४८ अंकसहित १३ औं स्थानमा रह्यो।
शीर्ष ५ टोलीसहित युरोपा लिग च्याम्पियन टोटनहम गरि प्रिमियर लिगका ६ टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ।
लिगको अन्तिम दिन टोटनहम ब्राइटनसँग ४-१ ले पराजित भयो । च्याम्पियन लिभरपुल क्रिस्टल प्यालेससँग १-१ को बराबरी रोकियो । खेलपछि लिभरपुलको लिग उपाधि उचाल्यो ।
दोस्रो स्थानको आर्सनलले साउथ ह्याम्टनलाई २-१ ले, बोर्नमाउथले लेस्टर सिटीलाई २-० ले,वेस्ट हमले इप्स्विचलाई ३-१ ले, म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-० ले हरायो। उल्भ्स र ब्रेनफोर्डले १-१ को बराबरी खेले।

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]