default_image

7 months ago

May 26, 2025

बार्सिलोनाको जितमा लेवान्डोव्सकीको २ गोल

663 views

0 Bookmark

एजेन्सी – च्याम्पियन बार्सिलोनाले जितका‌ साथ ला‌ लिगा सिजनको अन्त्य गरेको छ।

रोवर्ट लेवान्डोव्स्कीले २ गोल गरेपछि बार्सिलोनाले आइतवार एथ्लेटिक क्लबलाई ३-० ले हरायो । तेहेरो उपाधिका साथ बार्सिलोनाले‌ सिजनको उत्कृष्ट समापन गर्यो ।

दुई खेल बाँकी रहँदै आफ्नो २८औं लिग उपाधि निश्चित गरिसकेको बार्सिलोनाका लागि लेवान्डोव्स्कीले १४औं मिनेटमै पहिलो गोल गर्दै लिगमा आफ्नो १ सयौं गोल पूरा गरे।

लेवान्डोव्स्कीले गोलकिपर उनाई साइमोनमाथि उत्कृष्ट चिप गोल गरे हुन् । त्यसको तीन मिनेटपछि उनले राफिन्हाको कर्नरमा हेडरमार्फत दोस्रो गोल गरे।
लिगका यो उनको २७औं तथा सबै प्रतियोगिता गरि सिजनको ४०औं गोल हो ।

परिवर्तित डानी ओल्मोले इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे। बार्सालोनाले सिजनको अन्त्य २८ जित र ४ बराबरीसहित ८८ अंकमा साथ गर्‍यो। बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडभन्दा ४ अंकले पछाडि पार्यो ।

जर्मन प्रशिक्षक हान्सी फ्लिकले बार्सिलोनामा आफ्नो पहिलो सिजनमै ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जिते।

पहिलो हाफमा बार्साको एकतर्फी प्रदर्शन गरेपनि एथ्लेटिकले गोल घटाउने दुई राम्रा अवसर पायो । तर मेरोअन सान्नादीले दवै मौका गुमाए।

२४ वर्षीय स्ट्राइकर सान्नादीले उनाई नुनेजको क्रसमा सिक्स यार्ड नजिकबाट गोल गर्न सकेनन्। पछि कप्तान ओस्कार डे मार्कोसको पासमा गोलकिपर इनाकी पेना मात्रै बाँकी रहँदा पनि सान्नादीले बल पोष्ट बाहिर हाने ।

लेवान्डोव्स्कीले दोस्रो हाफको सुरुवातमै ह्याट्रिक पूरा गर्ने केही मौका गुमाए। यो सिजन ला लिगामा रियलका किलियन एमबाप्पे (३१ गोल) पछि दोस्रो स्थानमा रहे ।

पहिले नै च्याम्पियन्स लिगको स्थान सुरक्षित गरिसकेको एथ्लेटिकले चौथो स्थानमा सिजनको समाप्ति गर्‍यो।

सिजनको अन्तिम दिनको अन्य खेलमा एट्लेटिको म्याड्रिडले जिरानोलाई ४-० ले, भिल्लारियलले सेभियालाई ४-२ ले, सेल्टा भिगोले गरटाफेलाई २-१ ले हरायो।

अल्भेस र ओसासुनाले १-१ तथा रायो भालेसानो र मालोर्काले गोलरहित बराबरी खेले।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.