7 months ago
May 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङ विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण तथा व्यवस्थापन टोलीको जिम्मेवारी दिइएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले टंकलाल राईलाई टोलीको व्यवस्थापक, केशवकुमार कार्की सहायक
व्यवस्थापकको जिम्मेवारी दिएको छ ।

एन्फाले सल्यान खड्गीलाई सहायक प्रशिक्षक, विनोद महर्जन गोलकिपिङ प्रशिक्षक र सुजन अमात्यलाई फिजियोथेरापिस्टको जिम्मेवारी दिएको जनाएको छ।
उनीहरुलाई एन्फा महासचिव किरण राईले जिम्मेवारीको पत्र प्रदान गरेका छन्।
नेपालले जेठ २२ गते (जुन ५ ) हङकङसँग मैत्रिपूर्ण खेल खेल्दैछ। यसकै तयारीमा नेपाली टोली अहिले प्रशिक्षणमा जुटिरहेका छन्। नेपाली टिमका प्रमुख प्रशिक्षक म्याट रोसको नेतृत्वमा रहेको छ।

हङ्कङ स्टेडियममा हुने यो खेल फिफाको अन्तर्राष्ट्रिय विन्डोभित्रको मैत्रिपूर्ण खेल हो। नेपालले पछिल्लो खेलमा गत मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट अन्तर्गत २-० को हार बेहोरेको थियो। त्यसअघिको मैत्रीपूर्ण खेलमा भने नेपालले सिंगापुरलाई १-० ले हराएको थियो।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]