7 months ago
May 27, 2025
एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुत अल नासरले साउदी प्रो लिगमा हार बेहोरेको छ ।
नासर सोमवार अल फताहसँग ३-२ ले पराजित भएको हो । नासरले दुई पटक लिएको अग्रता जोगाउन सकेन।
फताहको जितमा माटियास वर्गस, मुराद बत्ना र माथूश माचाडोले गोल गरे । नासरका लागि अर्को गोल साडियो मानेले गरे ।
खेलमा सुरुवाती अग्रता भने नासरले लिएको थियो । रोनाल्डोले ४२औं मिनेटमा गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै वर्गसले फताहका लागि बराबरी गोल गरे । खेलको ७५औं मिनेटमा मानेले गोल गर्दै नासरलाई २-१ को अग्रता दिलाए ।
८१औं मिनेटमा बन्ताले गोल गर्दै फताहलाई फेरी २-२ को बराबरीमा ल्याए । इन्ज्युरी समयमा माचाडोले गोल गर्दै फताहलाई ३-२ को जित दिलाए ।
नासर ३४ खेलमा ७० अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा ३९ अंकका साथ फताह १०औं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]