7 months ago
May 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक
घोषणा केहि दिनमै गर्ने तयारी गरेको छ।
एएफसी प्रो लाइसेन्स प्रशिक्षकलाई माहिला टोलीको जिम्मेवारी दिने भनेर एन्फाले आवेदन खुल्ला गरेको थियो।
२१ प्रशिक्षकले आवेदन दिएको बुझिएको छ। जसमध्ये दुई प्रशिक्षक अन्तिम छनोटमा परेका छन्। ती दुई मध्ये एकको नाम सार्वजनिक गर्ने तयारीमा एन्फा रहेको छ।
विदेशी प्रशिक्षकलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएपछि अहिले राष्ट्रिय टिम सम्हालिरहेका राजेन्द्र तामाङलाई एन्फाले सहायक प्रशिक्षकको जिम्मेवारी दिने भएको छ।
महिला राष्ट्रिय टिमको बिदाइ समारोहमा तामाङले महिला टिमको लागि एएफसी प्रो लाइसेन्स प्रशिक्षकको साथ रहनु नेपाली टोलीको लागि सकारात्मक रहेको बताए।
उनै प्रो लाइसेन्स प्रशिक्षकसँग काम गर्न पाउनु आफ्नो लागि अवसर हुने बताए। ‘केहि सिक्न पाइन्छ। यसलाई मैले अवसरको रूपमा लिएको छु,’ उनले भने।
एन्फा महासचिव किरण राईले हाम्रो खेलकुद डटकमलाई प्रशिक्षक तामाङलाई सहायक प्रशिक्षकमा नियुक्त गरिएको बताए।
प्रशिक्षक तामाङको प्रशिक्षणमा नेपाल वाफ, साफ र फोर नेशन्सको फाइनलमा पुगेको थियो। प्रमुख प्रशिक्षकको रुपमा तामाङ उनको लागि थाइल्याण्ड भ्रमण अन्तिम हुनेछ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]