default_image

7 months ago

May 28, 2025

बार्सिलोनासँग यामालको नयाँ सम्झौता

1029 views

0 Bookmark

एजेन्सी – युवा स्टार लामिन यामालले बार्सिलोनासँग आगामी ६ वर्षका नयाँ सम्झौता गरेका छन् । घरेलु फुटबलमा यो सिजन टोलीलाई तेहरो उपाधि दिलाउन मद्दत गरेका गरेका यामालसँग बार्सिलोनाले मंगलवार नयाँ सम्झौता गरेका हो।

१७ वर्षीय स्पेनिस विङ्गर यामालको अघिल्लो सम्झौता २०२५–२६ सिजनको अन्त्यसम्म थियो।‌ नयाँ सम्झौताले उनी सन् २०३१ सम्म बार्सिलोनामा रहनेछन् ।

२०२३ मा १५ वर्षको उमेरमा यामालले क्याटलानको पहिलो टोलीबाट डेब्यु गरेका थिए। हान्सी फ्लिकको पहिलो सिजनमा बार्सिलोनाले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जित्दा यामालले ५५ खेलमा १८ गोल र २५ एसिस्ट गरेका थिए। जसमा च्याम्पियन्स लिगमा उनले ५ गोल र ४ एसिस्ट गरेका थिए ।

यामालले नयाँ सम्झौता क्लब अध्यक्ष जोआन लापोर्टा र स्पोर्टिङ डाइरेक्टर डेकोको उपस्थितिमा गरेको बताइएको छ।

‘यामालको नयाँ सम्झौता बार्सिलोनाको योजनाको दृढताको प्रमाण हो। विश्व फुटबलमा उनको उदय निकै दुर्लभ किसिमको छ,’ क्लबले भनेको छ,’ बार्सिलोनानजिकैको मातारोका युवकले विश्व फुटबलको मञ्चमा यस्तो प्रभावशाली प्रदर्शन गरेका छन् । उनी बार्सिलोना इतिहासको हिस्सा बनिसकेका छन्।

यामालले क्लबका लागि १ सय १५ खेलमा २५ गोल गरेका छन् । उनी ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।

जुलाईमा १८ वर्ष पुग्न लागेका यामाल बार्सिलोना लागि १ सय खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन्।
उनले स्पेनका लागि १९ खेल खेलिसकेका छन् । उनी २०२४ को युरो च्याम्पियनसिप जित्ने टोलीको सदस्य हुन् । इङ्ल्यान्डलाई २-१ ले हराउँदै स्पेन युरो च्याम्पियन बनेको थियो।

यी किशोर खेलाडीको तुलना बार्सिलोना महान् खेलाडी लियोनल मेस्सीसँग गरिएको छ। जसरी उनी पनि क्लबको ला मासिया एकेडेमी हुँदै अघि बढेका हुन्।

बार्सिलोनाले पछिल्ला केही सातामा आफ्नो प्रशिक्षक फ्लिक र ब्राजिलियन फरवार्ड राफिन्हाको पनि सम्झौता नवीकरण गरेको थियो।विस्तार गरिसकेको छ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.