7 months ago
May 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा यु १६ लिग फुटबल प्रतियोगिताको लागि नेपाल एपिएफ फुटबल क्लबलाई नबोलाउने निर्णय गरेको छ।
२०८० को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपिएफ रेलिगेसनमा परेको थियो। एपिएफले भने थ्री स्टारले जावलाखेल युथ क्लब विरुद्धको खेलमा दुई विदेशी खेलाडी विना भिसा खेलेको थ्री स्टार उजुरी दर्ता गराएको थियो।
यही उजुरीको आधारमा एन्फाको अनुशासन समितिले २०८० को पुस १५ गते बसको बैठकले थ्री स्टार र ती दुई विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई श्रम स्वीकृती भएपनि विना भिसा खेलाएको भन्दै जरिवाना गर्ने निर्णय गरेको थियो।
अनुशासन समितिको निर्णय अनुसार थ्री स्टारलाई जरिवानाको सजाय सुनाइयो। रेलिगेसनमा परेको टिम एपिएफ नै कायम रहयो। तर एपिएफले अनुशासन समितिको निर्णय विरूद्ध अपिल कमिटिमा पनि उजुरी दियो।
तर दुई वर्षमा अफिल कमिटिले निर्णय दिन सकेको छैन। अपिल कमिटिको निर्णय नआउन्जेल एपिएफ नै रेलिगेसनमा रहने एन्फा महासचिव किरण राईले हाम्रो खेलकुद डटकमलाई बताए। यही कारण एपिएफलाई एन्फा यू-१६ लिगमा नबोलाइएको राईल स्पष्ट पारे।
दुई वर्ष सम्म निर्णय दिन नसक्ने अपिल समिति र एन्फा दुवैको लागि यो लज्जाको विषय हो। दुई वर्षअघि एपिएफसँगै रेलिगेसनमा परेको खुमलटार युवा क्लबलाई पनि एन्फाले यु १६ लिगका लागि पत्र पठाएको छैन।
यसै महिना ए डिभिजन लिगमा बढुवा भएका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवति क्लबलाई भने यु १६ को छलफलका लागि पत्र पठाएको छ।
बीबाट बढुवा भएका २ टोलीसहित एन्फाले यू-१६ लिगका लागि मनाङ्ग मस्यांङ्गदी क्लब, संकटा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, चर्च व्वाईज युनाइटेड, हिमालयन शेर्पा क्लब, फ्रेण्ड्स क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, एनआरटी, सातदोबाटो युथ क्लबलाई छलफलका लागि डाकेको छ। यही शुक्रबार एन्फा कम्प्लेक्समा हुनेछ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]