6 months ago
May 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा यु १६ लिग फुटबल प्रतियोगिताको लागि नेपाल एपिएफ फुटबल क्लबलाई नबोलाउने निर्णय गरेको छ।
२०८० को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपिएफ रेलिगेसनमा परेको थियो। एपिएफले भने थ्री स्टारले जावलाखेल युथ क्लब विरुद्धको खेलमा दुई विदेशी खेलाडी विना भिसा खेलेको थ्री स्टार उजुरी दर्ता गराएको थियो।
यही उजुरीको आधारमा एन्फाको अनुशासन समितिले २०८० को पुस १५ गते बसको बैठकले थ्री स्टार र ती दुई विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई श्रम स्वीकृती भएपनि विना भिसा खेलाएको भन्दै जरिवाना गर्ने निर्णय गरेको थियो।
अनुशासन समितिको निर्णय अनुसार थ्री स्टारलाई जरिवानाको सजाय सुनाइयो। रेलिगेसनमा परेको टिम एपिएफ नै कायम रहयो। तर एपिएफले अनुशासन समितिको निर्णय विरूद्ध अपिल कमिटिमा पनि उजुरी दियो।
तर दुई वर्षमा अफिल कमिटिले निर्णय दिन सकेको छैन। अपिल कमिटिको निर्णय नआउन्जेल एपिएफ नै रेलिगेसनमा रहने एन्फा महासचिव किरण राईले हाम्रो खेलकुद डटकमलाई बताए। यही कारण एपिएफलाई एन्फा यू-१६ लिगमा नबोलाइएको राईल स्पष्ट पारे।
दुई वर्ष सम्म निर्णय दिन नसक्ने अपिल समिति र एन्फा दुवैको लागि यो लज्जाको विषय हो। दुई वर्षअघि एपिएफसँगै रेलिगेसनमा परेको खुमलटार युवा क्लबलाई पनि एन्फाले यु १६ लिगका लागि पत्र पठाएको छैन।
यसै महिना ए डिभिजन लिगमा बढुवा भएका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवति क्लबलाई भने यु १६ को छलफलका लागि पत्र पठाएको छ।
बीबाट बढुवा भएका २ टोलीसहित एन्फाले यू-१६ लिगका लागि मनाङ्ग मस्यांङ्गदी क्लब, संकटा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, चर्च व्वाईज युनाइटेड, हिमालयन शेर्पा क्लब, फ्रेण्ड्स क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, एनआरटी, सातदोबाटो युथ क्लबलाई छलफलका लागि डाकेको छ। यही शुक्रबार एन्फा कम्प्लेक्समा हुनेछ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]