7 months ago
May 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी यु-२३ एसियन कप छनौटको ‘ड्र’ आज सार्वजनिक गरेको छ।
मलेसियाको क्वालालम्पुरमा भएको ‘ड्र अनुसार ‘नेपालले समुह ‘के’ मा ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग प्रतिस्पर्धा गर्नेछ। यो समूहको प्रतिस्पर्धा ताजिकिस्तानमा हुनेछ। छनोट सेप्टेम्बर १ देखि ९ सम्म (भदौ १६ देखि २४ गते ) हुनेछ।
कुल ४४ राष्ट्रले छनोटमा सहभागिता जनाउनेछन्। ४३ राष्ट्रलाई ११ वटा समूहमा विभाजन गरिएको छ। प्रत्येक समुहमा ४ राष्ट्र रहेका छन्।
यो छनोटबाट प्रत्येक समूहको विजेता तथा उत्कृष्ट ४ उपविजेता टोलीले २०२६ को जनवरीमा साउदी अरेबियामा हुनेछ। आयोजक साउदी अरेबिया स्वत छनोट भैसकेको छ।
समूह विभाजन
ग्रुप ए: जोर्डन (आयोजक), तुर्कमिनिस्तान, चाइनिज ताइपेइ, भुटान
ग्रुप बी: म्यानमार (आयोजक), जापान, कुवेत, अफगानिस्तान
ग्रुप सी: भियतनाम (आयोजक), यमन, सिङ्गापुर, बङ्गलादेश
ग्रुप डी: चाइना पीआर (आयोजक), अस्ट्रेलिया, टिमोर-लेष्टे, नर्दन मरिआना आइल्यान्ड्स
ग्रुप ई: किर्गिस्तान रिपब्लिक (आयोजक), उज्बेकिस्तान, प्यालेस्टाइन, श्रीलङ्का
ग्रुप एफ: थाइल्याण्ड (आयोजक), मलेसिया, लेबनान, मङ्गोलिया
ग्रुप जी: कम्बोडिया (आयोजक), इराक, ओमान, पाकिस्तान
ग्रुप एच: कतार (आयोजक), बहराइन, भारत, ब्रुनई
ग्रुप आई: युएई (आयोजक), इरान, हङकङ, चीन, गुवाम
ग्रुप जे: इन्डोनेसिया (आयोजक), कोरिया रिपब्लिक, लाओस, मकाउ
ग्रुप के: ताजिकिस्तान (आयोजक), सिरिया, फिलिपिन्स, नेपाल
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]