default_image

7 months ago

May 30, 2025

नेपाल थाइल्याण्डसँग पराजित

4429 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली घरेलु टोली थाइल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको छ।

थाइल्याण्डमा क्लोज डोरमा आज भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने थाइल्याण्डले एक गोल गर्यो। सोही गोलमा नेपाल बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग १-० ले पराजित हुन पुग्यो।

अब नेपालले सोमवार दोस्रो मैत्रिपूर्ण खेल खेल्नेछ। सो खेल भने ओपन डोरमा नै हुनेछ। यी दुई मैत्रिपूर्ण खेलको लागि व्यवसायीक लिग खेलिरहेका सावित्र भण्डारी (साम्बा) र रेखा पौडेल सीधै थाइल्याण्ड पुगेका थिए। कप्तान एन्जिला र भुटानमा पहिलो पटक विदेशी लिग खेलेकी पुजा राना भने नेपाल आएर थाइल्याण्ड गएका हुन्।

यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ को छनोट चरणको तयारी स्वरूप खेल्न लागेको हो। छनोट मे ४ देखि सुरू हुनेछ। नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तानसँग रहेको छ।

३४ टिमहरूलाई छ वटा समूहमा चार-चार टिम र दुई वटा समूहमा पाँच-पाँच टिम गरी विभाजन गरिएको छ। छनोट चरणहरू क्याम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाईल्यान्ड, उज्बेकिस्तान र भियतनाममा हुनेछन्।

आठ समूह विजेताहरूले सन् २०२६ को मार्च १ देखि २६ सम्म हुने फाइनल चरणमा डिफेन्डिङ च्याम्पियन चीन , कोरिया रिपब्लिक र जापानसँग प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टोली
गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : अमृता जैसी, गीता राना, विमला बि.क., पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई

मिडफिल्डर: अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ

फर्वाड : सबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता के.सी., रेखा पौडेल

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.