7 months ago
May 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु १६ लिग अर्को महिना आयोजना हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा पदाधिकारी र ए-डिभिजन क्लबका प्रतिनिधिबीच आज भएको छलफलमा असार २० गते यु १६ लिग सुरु गर्ने तय भएको हो ।

युथ लिगमा सहभागी हरेक क्लबलाई तयारी खर्चस्वरूप ३ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने समेत निर्णय गरिएको एन्फाले जनाएको छ।
सहभागी क्लबले खेलाडी दर्ता गर्दा नाबालक परिचयपत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ। क्लबहरूले कम्तीमा आवश्यक खेलाडीहरू असार १५ गतेसम्म अनिवार्य दर्ता गरिसक्नुपर्ने निर्णय भएको छ। क्लब दर्ता असार ५ गतेसम्म सक्नुपर्नेछ भने खेल तालिका असार १६ गते सार्वजनिक गरिनेछ।

एन्फाका महासचिव किरण राईको उपस्थितिमा भएको छलफल भएको थियो। यो लिगमा अपिल कमिटिले निर्णय दिन नसक्दा नेपाल एपिएफ फुटबल क्लबलाई भने सहभागी नगराउने निर्णय यसअघि नै एन्फाले गरेको थियो।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]