7 months ago
May 31, 2025
एजेन्सी – युइएफए च्याम्पियनसिपको उपाधिका लागि आज पेरिस सेन्ट-जर्मेन (पिएसजी) र इन्टर मिलानबीच आज प्रतिस्पर्धा हुँदैछ।
फाइनल जर्मनीको म्युनिखमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ। यो सिजनको फाइनलमा धेरैले यी दुई टोलीलाई अपेक्षा गरेका थिएनन्। तर उनिहरुले ठूला प्रतिद्धन्द्धीलाई माथ दिंदै फाइनलमा स्थान बनाएका हुन्।
लुइस एनरिकको नेतृत्वमा युवा जोश भरपुर पिएसजीको फाइनलसम्मको यात्रा निकै प्रभावशाली रह्यो। यता इन्टर मिलान अनुभवी खेलाडीसहित रणनीतिक प्रशिक्षक सिमोने इन्जाघीको साथमा फाइनल पुगेको हो। इन्टरको खेल्ने शैली केहि भिन्न छ। तर टोलीकस खेलाडीमा अनुभवको कमी छैन।
पिएसजीले नकआउट चरणमा लिभरपुल र आर्सनललाई हराउँदै फाइनलको यात्रा तय गरेको हो। इन्टरले बार्सिलोना र बायर्न म्युनिखजस्ता सशक्त टोलीला पराजित गर्दै उपाधि नजिक पुगेको हो।
फाइनलमा खेल्ने दुई टोलीबीचको मुख्य भिन्नता उनीहरूको उमेर हो। इन्टरको सम्भावित सुरुवाती ११ खेलाडीको औसत उमेर ३० वर्ष ४ महिना छ ।पिएसजीको औसत उमेर २४ वर्ष ७ महिना मात्र छ।
इन्टरका ८ खेलाडीले दुई वर्षअघि च्याम्पियन्स लिगको फाइनल खेलेका थिए। यता पिएसजीका मार्किन्होससँग मात्र फाइनल खेलेको अनुभव छ। त्यसैले युवा जोश र अनुभवको भिडन्त फाइनलमा हुनेछ।

यो सिजनको पिएसजी अघिल्ला वर्षहरूको भन्दा निकै सन्तुलित देखिएको छ। किलियन एम्बाप्पे र नेयमार जस्ता स्टार खेलाडी बाहिरिएपछि पिएसजी अझै समर्पित र सामूहिक प्रदर्शनमा केन्द्रित देखिएको छ।
अचम्मको कुरा त के छ भने पिएसजीले पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा इन्टर मिलानसँग भिड्दैछ। यो फ्रेन्च र इटालियन क्लबबीचको मात्र दोस्रो युरोपियन फाइनल हो। फ्रान्सका एकमात्र विजेता क्लब मार्सेईले सन् १९९३ मा म्युनिखमा एसी मिलानलाई हराउँदै उपाधि जितेका थिए।
तीन वर्षभित्र इन्टरको यो दोस्रो च्याम्पियन्स लिग फाइनल हो। युरोपमा चार पटक उपाधि जितेको इन्टरले पछिल्लो पटक सन् २०१० मा उपाधि जितेको थियो। जब टोलीले बायर्न म्युनिखलाई हराएका थिए। त्यसपछि इटालियन क्लबहरूका लागि यो प्रतियोगिता जित्न सम्भव भएको छैन। युभेन्टस २०१५ र २०१७ मा फाइनल हारेको थियो।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]