default_image

7 months ago

June 2, 2025

च्याम्पियन्स लिग विजेता पिएसजीको विजयोत्सव

520 views

0 Bookmark

एजेन्सी – पहिलो पटक च्याम्पियन्स लिग जितेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) का खेलाडीले आइतवार दिउँसो पेरिसमा विजय उत्सव मनाए ।

तर त्यसको केही घण्टा अघि फ्रान्सभरि अशान्ति फैलिएको थियो । लिग वान टोली पिएसजीले शनिवार म्युनिखमा भएको फाइनलमा इन्टर मिलानलाई ५-० ले पराजित गर्दै आफ्नो च्याम्पियन्स लिग उपाधि जितेको थियो।

लुइस एनरिकेको टोलीले चाम्प्स-एलिसिसदेखि आर्क दे ट्रायोम्फसम्म खुला बसमा विजयी परेड गरेको थियो।
उत्सवको क्रममा सुरक्षाको व्यवस्था कडा गरिएको थियो । शनिवार राति खेलपछि देशभरि व्यापक अव्यवस्था हुँदा २ जनाको ज्यान गएको थियो।

दक्षिण-पश्चिमी शहर डाक्समा १७ वर्षीय युवाको छातीमा छुरा प्रहारबाट मृत्युको भएको थियो। पेरिसको मध्य भागमा स्कुटर चढिरहेका २३ वर्षीय अर्का युवाको सवारी साधनको ठक्करबाट दिँदा मृत्यु भएको थियो।

पेरिस प्रहरी प्रमुख लरेन्ट नुनेजका अनुसार रातभर भएको झडपमा १ सय ९२ जना घाइते भएका थिए। पेरिसमा मात्र ४ सय ९१ जनालाई पक्राउ गरिएको थियो।

पेरिसलगायतका क्षेत्रमा पटका, आतसबाजी, बस स्टप तोडफोड, गाडी जलाउनेजस्ता घटनाहरू भएका थिए।
२२ जना प्रहरी र ७ जना दमकलकर्मी घाइते भएका थिए । २ सय ६४ वटा गाडीहरूमा आगजनी गरिएको थियो।

फ्रान्सको दक्षिण-पूर्वी शहर ग्रेनोब्लमा पिएसजीका समर्थकलाई गाडीले ठक्कर दिँदा ४ जना घाइते भएका थिए । प्रहरीका अनुसार घाइते एउटै परिवारका सदस्य थिए र तीमध्ये २ जनाको अवस्था गम्भीर थियो।

पिएसजीले विज्ञप्ति जारी गर्दै उत्सवका क्रममा देखिएका हिंसात्मक गतिविधिकि भर्त्सना गरेको छ।
‘ समर्थकहरुको अनुशासित व्यवहार सिजनभर सराहनीय रह्यो। तर यस्ता छुट्टाछुट्टै हिंसात्मक क्रियाकलापहरू क्लबको मूल्य तथा विचारधारासँग मेल खाँदैनन् र यी घटनाहरूले हाम्रो विशाल समर्थन समूहको प्रतिनिधित्व गर्दैनन्,’ क्लबले भनेको छ।

अशान्तिपछि पनि आइतवार परेड गर्ने निर्णय भएको थियो। कार्यक्रममा अधिकतम १ लाख सहभागीहरूको सिमा तोकिएको थियो।

परेडपछि पिएसजीका खेलाडी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग भेट गर्न एलिसी दरबार पुगेका थिए।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.