default_image

7 months ago

June 2, 2025

नेपालले आज थाइल्याण्डसँग खेल्दै

1255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टिमले आज घरेलु टोली थाइल्याण्डसँग खेल्दैछ । आज नेपाली समय अनुसार दिउँसो ४:४५ बजे थामासात स्टेडियम, थाइल्याण्डमा हुनेछ ।

यसअघि भएको पहिलो मैत्रिपूर्ण खेल क्लोज डोरमा भएको थियो । सो खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको थियो ।

यी दुई मैत्रीपूर्ण खेलको लागि व्यावसायिक लिग खेलिरहेका सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेल सिधै थाइल्याण्ड पुगेका थिए । कप्तान एन्जिला र भुटानमा पहिलो पटक विदेशी लिग खेलेकी पुजा राना भने नेपाल आएर थाइल्याण्ड गएका हुन् ।

यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ को छनोट चरणको तयारी स्वरूप खेल्न लागेको हो । छनोट मे ४ देखि सुरू हुनेछ । नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तानसँग रहेको छ ।

३४ टिमहरूलाई छ वटा समूहमा चार-चार टिम र दुई वटा समूहमा पाँच-पाँच टिम गरी विभाजन गरिएको छ । छनोट चरणहरू क्याम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाईल्यान्ड, उज्बेकिस्तान र भियतनाममा हुनेछन् ।

आठ समूह विजेताहरूले सन् २०२६ को मार्च १ देखि २६ सम्म हुने फाइनल चरणमा डिफेन्डिङ च्याम्पियन चीन , कोरिया रिपब्लिक र जापानसँग प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली:

गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : अमृता जैसी, गीता राना, विमला बि.क., पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई

मिडफिल्डर: अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ

फरवार्ड : सबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता के.सी., रेखा पौडेल

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.