default_image

7 months ago

June 2, 2025

कुशल र सृजनलाई पहिलो पटक समेट्दै राष्ट्रिय फुटबल टोलीको घोषणा

1534 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलको एागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ ।

नेपाली टिमका प्रमुख प्रशिक्षक म्याट रसले घोषणा गरेको टिममा मिडफिल्डरद्वय कुशल देउवा र श्रृजन राज गौतमलाई पहिलो पटकका राष्ट्रिय टिममा स्थान दिइएको छ । कुशलले च्यासलबाट बि डिभिजन लिग खेल्दा सृजनले संकटाबाट मोफसलका प्रतियोगितामा छाप छोडेका थिए । घरेलु फुटबलमा प्रभाव जमाइरहेका मिडफिल्डर सन्तोष खत्री भने रसको रोजाइमा परेनन् ।

नेपाली टिमको किरण चेम्जोङको कप्तानीमा रहनेछ । नेपालले जुन ५ मा हङकङसँग मैत्रिपुर्ण खेल खेल्दैछ। हङकङ स्टेडियममा हुने यो खेल फिफाको अन्तर्राष्ट्रिय विन्डोभित्रको मैत्रिपूर्ण खेल हो ।

नेपालले पछिल्लो खेलमा गत मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट अन्तर्गत २-० को हार बेहोरेको थियो । त्यसअघिको मैत्रीपूर्ण खेलमा भने नेपालले सिंगापुरलाई १-० ले हराएको थियो ।

एएफसी एसियन कप छनोटको तयारी स्वरूप यो मैत्रिपूर्ण खेल खेल्न लागेको हो । लाओससँगको उक्त खेल जुन १० मा हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोली:

किरण चेम्जोङ (कप्तान ), अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, आरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की , जीलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देवुवा, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सृजन राज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठाकुरी बम र योगेश गुरुङ

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.