7 months ago
June 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरूष फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले भिसा नआएपनि बिदाइ गरेको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग हुने खेलको तयारीका लागि टिम मंगलबार हङकङ जाने कार्यक्रम छ । तर सोमबारसम्म भिसा नआएपनि एन्फाले टोलीको बिदाइ भने औपचारिक कार्यक्रममै गरेको छ ।
सोमबार विहान मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेको थियो । नेपालले यही विहिबार हङकङसँग मैत्रिपुर्ण खेल खेल्ने तालिका रहेको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली टिमलाई शुभकामना सहित बिदाई गरिसकेका छन्। नेपाली टिम भोलि हङकङ उड्ने भनिएको छ । तर नेपाली टिमको भीसा लागेको छैन ।
स्रोतका अनुसार एन्फाबाट ३८ जनाको भिसा प्रक्रियामा पठाइएको थियो । जहाँ २३ खेलाडी तथा १५ पदाधिकारी कसैको पनि भिसा आएको छैन । एन्फाबाट जम्बो टोलीको भिसा आवेदन भएकोले ढिलाई भएको हुन सक्ने अनुमान गरिएको छ । सामान्यतया फुटबलमा २३ खेलाडी र ८ अफिसियलको टोलीलाई अधिकारिक टोली मानिन्छ । तर एन्फामा भने प्रायजसो अतिरिक्त पदाधिकारी पठाउने चलन रहँदै आएको छ ।
लाओससँग नेपालले जुन १० मा खेल खेल्नेछ । यसअघि छनोटमा नेपाल मलेसियासँग २-० ले पराजित भएको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोली:
किरण चेम्जोङ (कप्तान ), अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, आरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दीप कार्की , गिलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देवुवा, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, श्रृजन राज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम र योगेश गुरुङ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]