default_image

7 months ago

June 2, 2025

नेपाल मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग पराजित

2825 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना हुने एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग २-० को हार बेहोरेको छ ।

सोमबार बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन । पहिलो हाफका दौरान आक्रमणमा केही अवसर सिर्जना गरेको नेपाल दोस्रो हाफमा भने गोल खाएपछि दबाबमा परेको थियो ।

थाइल्याण्डले दोस्रो हाफको ५९ औं मिनेटमा फ्रिकिकमार्फत अग्रता लिएको थियो । झन्डै ३० यार्ड टाढाबाट मोंग्कोल्दीले पहिलो बारतर्फ प्रहार गरेको फ्रिकिकमा नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बा बलसम्म पुग्न नसक्दा गोल भएको थियो ।

त्यसपछि ७५ औं मिनेटमा थाइल्याण्डले काउन्टर अट्याकमा गोल थप्यो । ३ भर्सेस ३ को अवस्थामा दायाँ विंगबाट आएको क्रसलाई ६ यार्ड बक्सभित्र अनमार्क रहेकी रोडथोंगले पहिलो टचमै बललाई गोलमा परिणत गरेकी थिइन् ।

यसअघि भएको क्लोज डोर मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

नेपालले अर्को महिना एएफसी महिला एसियन कपको छनोट खेल्दैछ । उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलंकाको सामना गर्नेछ । चार टोली समूहको शीर्षस्थानमा रहने टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गर्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.