7 months ago
June 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ फुटबल क्लबले आफूले गरेको उजुरीको अखिल नेपाल फुटबल संघ (एन्फा) ले समयमा सुनुवाई नगरेको भन्दै असन्तुष्टि पोखेको छ ।
सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबविरुद्ध दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सले भिसा नभएको अवस्थामा खेल खेलेको भन्दै उजुरी दिएको थियो । थ्री स्टारले अन्तिम खेलमा जावलाखेललाई १-० ले हराएपछि एपिएफ रेलिगेसनमा परेको थियो ।
२०८० जेठ २८ गते भएको त्यो खेलको भोलिपल्ट नै एपिएफले दिएको उजुरीको आधारमा एन्फाको अनुशासन समितिले थ्री स्टारलाई २०८० पुषमा कारवाही पनि गरेको थियो ।
अनुशासन समितिले विदेशी खेलाडीद्वय पिटर र मार्टिन्सलाई जनही ५० हजार तथा थ्री स्टार क्लबलाई ३ लाख रुपैयाँ जरिवाना गरेको थियो । तर एपिएफ र थ्री स्टार दुवैले टोली कारवाही मान्य नरहेको र निर्णय नै त्रुटीपूर्ण रहेको दाबी गरेका थिए ।
एपिएफका अनुसार उक्त निर्णयले फिफाले नै बनाएको अनुशासन नियमावली पालना नगरेको दाबी रहेको छ । कुनैपनि खेलमा टोलीले अयोग्य खेलाडी खेलाउँदा उक्त खेलको नतिजा विपक्षी टोलीको जित र त्यससँगै जरिवाना हुनुपर्ने माग एपिएफको छ ।
यता थ्री स्टारले भने एन्फाले लिग तोकिएको समयमा सम्पन्न गर्न नसक्दा भिसा प्रक्रियामा ढिलाई भएको बताएको थियो । क्लबले अनुशासन समितिको निर्णयमा असन्तुष्टि जनाउँदै, ‘भिसा प्रक्रिया चलाएकामा प्रकृयागत ढिलाइ भएको हुँदा खेलाडी तथा क्लबलाई जरिवाना गराउने गरी भएको अनुशासन समितिको निर्णय फुटबल खेलको भावना र मर्म विपरीत भएको निर्णय त्रुटिपूर्ण छ ’ भनेर एन्फालाई पत्राचार पनि गरेको थियो ।
तर एपिएफले भने अध्यागमनबाट सम्पूर्ण प्रमाण र विश्व फुटबलमा यस्ता घटनामा भएका निर्णयहरुलाई नजिर राख्दै अपिल समितिले निर्णय गम्भीरतापूर्वक लिनुपर्ने माग राख्दै आएको छ ।
एपिएफले नेपालमा बस्ने र काम गर्ने कागजको म्याद नै सकिएको अवस्थामा खेलाडीको दर्ता नै वैध नहुने र खेलाडी अयोग्य रहने दाबीका साथ त्यो खेलको नतिजा उल्टाउन माग गरेको हो ।
एन्फाको अपिल समितिमा अझैपनि यो विषय विचाराधीन रहँदा एन्फाले एपिएफलाई यू-१६ लिगमा सहभागी नगराउने निर्णय लिएपछि क्लबले असन्तुष्टि व्यक्त गरेको हो । एपिएफका व्यवस्थापक समेत रहेका सशस्त्र प्रहरी निरीक्षक विजय केसीले एन्फाको विलम्बले क्लबलाई निकै समस्यामा पारेको बताए ।
‘हामी निर्णयको पर्खाइमा छौं । अपिल समितिले प्रष्ट रुपमा यो निर्णय हो भनेर भन्न सकिरहेको छैन । अनुशासन समितिको निर्णय त्रुटिपूर्ण भएर नै अपिल समितिमा गएका हौं । डेढ वर्ष बढी समय बित्दा पनि निर्णय आएको छैन । निर्णय लिन कठिन छ, तर विलम्ब गर्दा हाम्रो योजनामा नै प्रभाव परिरहेको छ,’ केसीले भने ।
केसीले थ्री स्टारले अयोग्य खेलाडी खेलाएको प्रष्ट रहेको र यस्तो अवस्थामा अन्य फुटबल लिगमा गरिने निर्णयको नजिर हेर्नुपर्ने पनि बताए । ‘हामीले फिफाको विश्वकप छनोट र क्लब फुटबलमा पनि अयोग्य खेलाडी खेलाउँदा टिमले हार बेहोरेको उदाहरण देखेका छौं । सन् २०१५ मा रियल म्याड्रिड पनि अयोग्य खेलाडी खेलाउँदा कोपा डेल रेबाट नै बाहिरिएको थियो । एन्फाले पनि आफ्नो र फिफाको नियम अनुसार निर्णय लिन्छ भन्ने विश्वास छ,’ उनले भने ।
एन्फाको अपिल समितिमा अन्य धेरै विषय निर्णयको प्रतिक्षामा रहेको बुझिएको छ । यसै महिना अपिल समितिले बि डिभिजन क्लब सरस्वती युवा क्लबका फरवार्ड धिरेन्द्र शाहको विषयमा भने निर्णय गरेको थियो । एन्फाको साधारण सभामा पनि उठेको उक्त विषयमा भने फिफाले नै एन्फालाई निर्देशन दिएपछि अपिल समितिले तुरुन्त निर्णय दिएको बुझिएको छ ।
एपिएफ र थ्री स्टारको विषयमा भने अपिल समितिले हालसम्म निर्णय गर्न सकेको छैन । यो विलम्बले क्लबलाई निकै असर परिरहेको र चाडो भन्दा चाडो निर्णयको अपेक्षा राखेको क्लबले जनाएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]