7 months ago
June 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले साउदी प्रो-लिग क्लब अल-हिलालको आकर्षक प्रस्तावलाई अस्वीकार गरेका छन्।
फर्नान्डेजले सो प्रस्तावलाई पछिल्लो केहि दिन गम्भीर रुपमा विचार गरिरहेको बताइएको थियो । जुन प्रस्तावले युनाइटेडमा उन पाउने तलबभन्दा दोब्बर बढी दिने प्रस्ताव गरेको थियो। युनाइटेडमा उनी बढी तलब पाउने खेलाडीमध्ये एक हुन्।
तर, परिवारसँग छलफल गरेपछि, फर्नान्डेजले अल-हिलाललाई उनी क्लबमा नआउने जानकारी गराइसकेका छन्।
मंगलवार जर्मनीमा पोर्चुगलको नेशन्स लिग सेमिफाइनल खेलको अघिल्लो दिन हुने पत्रकार सम्मेलनमा उनलाई यो विषयमा प्रश्न गरिनेछ।
युनाइटेड भने यो खबरबाट खुसी भएको बुझिएको छ। युनाइटेडका पूर्व प्रशिक्षक रुबेन आमोरिमले फर्नान्डेज ओल्ड ट्राफोर्डमै रहने विश्वास व्यक्त गरेका थिए।
फर्नान्डेजका बारेमा युनाइटेड र अल-हिलालबीच प्रत्यक्षरुपमा कुनै छलफल नै भएको थिएन ।
अल-हिलालले यस क्लब विश्वकपअघि ३० वर्षीय फर्नान्डेजलाई अनुबन्ध गर्न ८० मिलियनदेखि १ सय मिलियन पाउन्ड सम्मको प्रस्ताव राख्न सक्ने सम्भावना रहेको बताइन्छ ।
फर्नान्डेजले सन् २०२० को जनवरीमा स्पोर्टिङबाट ४७ मिलियन पाउण्डमा युनाइटेड पुगेका थिए। युनाइटेडबाट २ सय ९० खेल खेलिसकेका उनले ९८ गोल गरेका छन्।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]