7 months ago
June 5, 2025
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल जर्मनीलाई २-१ ले पराजित गरी नेशन्स लिगको फाइनलमा पुगेको छ ।
४० वर्षीय रोनाल्डोले नुनो मेन्डेसको लो पासलाई ६८औं मिनेटमा गोलमा गरे । त्यहि गोल निर्णायक बन्यो। त्यो उनको १ सय ३७औं अन्तर्राष्ट्रिय गोल हो।
पोर्चुगल फाइनलमा फ्रान्स वा स्पेनमध्ये एकसँग फाइनल खेल्नेछ। रोनाल्डोले गरेको गोलभन्दा पाँच मिनेटअघि मात्र फ्रान्सिस्को कोन्सेइसाओले बराबरी गोल गरेका हुन् ।
त्यसअघि ४८औं मिनेटमा फ्लोरियन भिर्ट्जको गोलमा घरेलु टोली जर्मनीले अग्रता लिएको थियो। पोर्चुगलले सन् २०१९ मा पहिलो संस्करणको उपाधि जितेको थियो ।
फ्रान्स र स्पेनबीच दोस्रो सेमिफाइनल बिहीवार स्टुटगार्टमा हुनेछ । फाइनल आइतवार म्युनिखमा हुनेछ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]