default_image

7 months ago

June 5, 2025

प्याट्रिक नेपाल आइपुगे, महिला टोलीको जिम्मेवारी दिइने

1825 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी बेल्जियन प्रशिक्षक प्याट्रिक डी वाइल्डलाई दिइने लगभग निश्चित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको एन्फा स्रोतले जानकारी दिएको छ । प्याट्रिक बिहीवार बिहान नेपाल आइपुगेका छन् ।

प्याट्रिक यसअघि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्स फुटबल क्लबको प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएका थिए ।

उनै प्याट्रिकलाई राष्ट्रिय महिला टोलीको जिम्मेवारी दिन लागिएको हो । स्रोतका अनुसार एन्फाले उनीसँग एक वर्षको लागि सम्झौता गरेको छ ।

प्याट्रिक युइएफए प्रो लाइसेन्स प्रशिक्षक हुन् । उनले प्रमुख प्रशिक्षकको भूमिकामा राष्ट्रिय टोली सम्हाल्न लागेको यो पहिलो पटक हो ।

तर यसअघि उनीसँग विभिन्न क्लब तथा अल्जेरिया र हङ्गेरीको फुटबल टोलीको सहायक प्रशिक्षकको अनुभव छ । साथै उनले चीनको यु-२३ महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको भूमिकामा पनि रहेका थिए ।

एन्फाले राष्ट्रिय महिला टोलीको लागि आवेदन खुल्ला गरेको थियो । जहाँ २२ जनाले आवेदन दिएको र त्यसबाट २ जनाको नाम सर्टलिष्ट गरिएको थियो । त्यस मध्ये प्याट्रिकलाई‌ जिम्मेवारी दिइएको हो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.