7 months ago
June 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ का लागि एसिया क्षेत्रबाट उज्वेकिस्तान र जोर्डन छनोट भएका छन् । दुवै राष्ट्र पहिलो पटक विश्वकपमा छनोट भएका हुन् ।
शुक्रबार भएको छनोट खेलमा निकटतम प्रतिद्वन्द्वी यूएईलाई उसकै मैदानमा गोलरहित बराबरीमा रोक्दै उज्वेकिस्तानले समूहको शीर्ष २ मा स्थान पक्का गरेर विश्वकपमा स्थान बनाएको हो । लिग चरणको १ खेल बाँकी रहँदा उज्वेकिस्तान ४ अंकले अघि रहेपछि यूएईले भने अब अर्को चरणमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
तेस्रो चरणमा सहभागी १८ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । जहाँ हरेक समूहका शीर्ष २ टोली सिधै विश्वकपमा पुग्दा तेस्रो र चौथो चरणको टोलीले अर्को छनोट खेल्नेछन् । समूह ए मा उज्वेकिस्तान र इरानले शीर्ष २ मा रहेर विश्वकपमा स्थान पक्का गरेका हुन् । यस समूहबाट कतार र यूएईले अर्को चरण खेल्नेछन् । लिगको एक खेल बाँकी रहँदा इरानको २०, उज्वेकिस्तानको १८, यूएईको १४, कतारको १३, किर्गिस्तानको ७ र जितविहिन उत्तर कोरियाको ३ अंक छ ।
त्यस्तै समूह बी बाट दक्षिण कोरियासँगै जोर्डनले पनि विश्वकपमा स्थान बनाएको छ । जोर्डनले आफ्नो खेलमा ओमानलाई ३-० ले पराजित गर्नुका साथै दक्षिण कोरियाले इराकलाई २-० ले हराएपछि जोर्डनको पनि विश्वकपमा स्थान पक्का भएको हो । दक्षिण कोरिया १९ अंक र जोर्डन १६ अंक जोडेर शीर्ष २ मा पक्का भएका छन् । १२ अंक जोडेको इराकले अर्को चरण खेल्दा १९ अंक जोडेको ओमान र ९ अंक जोडेको प्यालेस्टाइनबीच चौथो स्थानका लागि प्रतिस्पर्धा छ । कुनै जित निकाल्न नसकेको कुवेत ५ अंक जोड्दै बाहिरिसकेको छ ।
समूह सी बाट जापान २० अंकका साथ विश्वकपमा छनोट भएको छ । १६ अंक जोडेको अष्ट्रेलिया र १३ अंक जोडेको साउदी अरेबियाबीच अर्को साता हुने खेलले दोस्रो टोलीको टुंगो लगाउनेछ । इन्डोनेसिया १२ अंक साथ चौथो रहेर अर्को चरणमा पुगेको छ । बहराइन र चीन ६-६ अंक जोड्दै बाहिरिएका छन् ।
हालसम्म एसियाबाहेक मेक्सिको, क्यानडा, अमेरिका, अर्जेन्टिना, इरान, जापान र न्युजिल्याण्डले पनि विश्वकपमा स्थान पक्का गरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]